स्टेलान्टिसको नेपालमा दोश्रो मल्टी-ब्राण्ड डिलरशिप: साङ्ग्रिला मोटर्समार्फत उत्तरढोकामा प्रिमियम शोरूम सञ्चालनमा
सारांश
- स्टेलान्टिसले काठमाडौंमा दोस्रो मल्टी-ब्राण्ड डिलरशिपको उद्घाटन गरेको छ, जसमा सिट्रोएन, लिप मोटर र प्यूजो जस्ता ब्राण्डहरू उपलब्ध छन्।
- उद्घाटन समारोहमा स्टेलान्टिस इन्डियाका प्रमुख र फ्रान्सकी राजदूतको उपस्थिति थियो, र यसले नेपालमा विद्युतीय सवारीसाधनको विस्तारमा टेवा पुर्याउने लक्ष्य राखेको छ।
- साङ्ग्रिला मोटर्सद्वारा सञ्चालित शोरूमले ग्राहक-केन्द्रित सेवा प्रदान गर्ने र नेपाली बजारमा प्रिमियम मोबिलिटी समाधान उपलब्ध गराउने लक्ष्य लिएको छ।
काठमाडौं । विश्वप्रसिद्ध अटोमोबाइल समूह स्टेलान्टिसले नेपालमा आफ्नो उपस्थिति विस्तार गर्ने क्रममा काठमाडौंको उत्तरढोकामा दोश्रो मल्टी-ब्राण्ड डिलरशिपको औपचारिक उद्घाटन गरेको छ। गोल्छा अर्गनाइजेशन अन्तर्गतको सहायक कम्पनी साङ्ग्रिला मोटर्स प्रा. लि. द्वारा सञ्चालित नयाँ शोरूममा सिट्रोएन, लिप मोटर र प्यूजो जस्ता तीन प्रिमियम ब्राण्डहरू एकै छानामुनि उपलब्ध छन्।
उद्घाटन समारोहमा स्टेलान्टिस इन्डियाका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक शैलेश हजे़ला, साङ्ग्रिला मोटर्सका प्रबन्धक निर्देशक हेमन्त गोल्छा, तथा नेपालस्थित फ्रान्सकी राजदूत भर्जिनी कोर्तेवालको उपस्थिति रहेको थियो। फ्रान्सकी राजदूत कोर्तेवालले उक्त शोरूमको औपचारिक उद्घाटन गरिन्।
कार्यक्रममा बोल्दै स्टेलान्टिस इन्डियाका प्रमुख शैलेश हजेलाले भने, “नेपाल हाम्रो लागि एक रणनीतिक बजार हो। साङ्ग्रिला मोटर्ससँगको सहकार्यबाट हामी विश्वस्तरीय प्रविधियुक्त मोबिलिटी समाधान नेपाली ग्राहकहरूलाई उपलब्ध गराउन प्रतिबद्ध छौं। यो नयाँ डिलरशिप विद्युतीय सवारीसाधनको विस्तारमा टेवा पुर्याउनेछ।”
साङ्ग्रिला मोटर्सका निर्देशक हेमन्त गोल्छाले नयाँ शोरूम ग्राहक केन्द्रित सेवाको निरन्तरता भएको बताउँदै भने, “हामी नेपाली ग्राहकका लागि प्रिमियम मोबिलिटी समाधानको एकमात्र गन्तव्य बन्ने उद्देश्य राख्छौं। सिट्रोएन, लिप मोटर र प्यूजोलाई एउटै स्थानमा उपलब्ध गराई ग्राहकहरूलाई सुविधाजनक र समग्र सेवा दिन सकिनेछ।”
यो नयाँ शोरूम स्टेलान्टिसको दक्षिण एसियामा उपस्थिति मजबुत बनाउने रणनीतिक योजनाअन्तर्गत नेपालमा गरिएको महत्वपूर्ण लगानी हो। साथै, यसले नेपाली अटोमोबाइल बजारमा प्रिमियम तथा विद्युतीय सवारीसाधनको पहुँचलाई अझ विस्तार गर्ने अपेक्षा गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण