तीनकुने घटना
दुर्गा प्रसाईंविरुद्ध हत्यासहित ६ वटा मुद्दामा अभियोग दर्ता
आइतबार, ११ जेठ २०८२, १६ : ५४

समाचार सारांश
- चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको आरोपमा मेडिकल व्यवसायी पक्राउ परेका छन्।
- दुर्गा प्रसाईंसहित ६५ जना विरुद्ध हत्यासम्बन्धी कसुर र अन्य आरोपमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ।
- प्रसाईंलाई राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, हत्या, सङ्गठित अपराध, ज्यान मार्ने उद्योग र एकीकृत कसुरमा सजायको माग गरिएको छ।
काठमाडौँ । तीनकुनेमा चैत १५ मा भएको प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायीलाई हत्या सम्बन्धी कसुरमा पनि अभियोजन गरिएको छ । प्रसाईंसहित ६५ जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा अभियोजन गरिएको हो ।
दुर्गा प्रसाईंलाई राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, हत्या, सङ्गठित अपराध, ज्यान मार्ने उद्योग र एकीकृत कसुरमा सजाय हुन मागदावी लिइएको जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले जानकारी दिए ।
तीनकुनेमा भएको प्रदर्शनमा संलग्न ६५ जनालाई प्रतिवादी कायम गरिएको छ । ११ जनालाई फरार प्रतिवादी बनाएर अभियोग पत्र दायर गरिएको छ ।