पर्सिको संसद् बैठक सामान्य हुनेछैन : मनिष झा
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेठ १३ गतेको बैठक अवरुद्ध गर्ने संकेत गरेको छ।
- रास्वपाले सर्वोच्च अदालतको आदेशमा त्रुटिहरू रहेको भन्दै सार्वजनिक बहस गर्ने जनाएको छ।
- पार्टीले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नताको विषयमा पनि छलफल गरेको छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेठ १३ गते बस्ने बैठक अवरुद्ध गर्ने सङ्केत गरेको छ । आइतबार बसेको सो पार्टीको केन्द्रीय समितिको बैठकमा रास्वपा सभापति रवि लामिछानेको मुद्दामा सर्वोच्च अदालतले तुलसीपुर उच्च अदालतको आदेश सदर गर्ने निर्णय मान्ने भए पनि केही त्रुटिहरू रहेको भन्दै त्यसबारे बहस गर्ने निष्कर्ष निकालेको छ ।
रास्वपाका कार्यवाहक प्रवक्ता मनिष सुमनले सर्वोच्चको आदेशमा केही त्रुटिहरू भेटेको भन्दै त्यसको सार्वजनिक रूपमा बहस गर्ने बताए । बैठकमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री जोडिएको सवालमा पनि छलफल भएको बताए । ‘यथास्थितिमा भ्रष्ट सरकार र गठबन्धनले देशलाई कतै पुर्याउँला जस्तो देखिँदैन’, झाले भने, ‘यो त एक अर्कालाई संरक्षण गर्ने भिजिट भिसा काण्डले नै देखाउँछ ।’
उनले गृहमन्त्री रमेश लेखकले प्रमाणित भयो भने राजनीति छाड्छु भन्नु हास्यास्पद भएको भन्दै प्रमाणित भए राजनीति छाड्ने होइन कि जेल जानुपर्ने बताए । साथै उनले अव बस्ने संसद् बैठक सामान्य नहुने पनि बताए । ‘अबको बैठकमा हामी के गर्छौ भनेर भन्दिन तर पर्सिको संसद् बैठक सामान्य हुँदैन’, झाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण