एमाले सचिवालय बैठक : गणतन्त्र दिवस उत्सवका रूपमा मनाउन आह्वान
सारांश
- एमालेले जेठ १५ गतेलाई संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना दिवसको रूपमा मनाउने निर्णय गरेको छ।
- उपत्यका बाहिर पालिकास्तरमा विशेष कार्यक्रम र काठमाडौं उपत्यकामा सांस्कृतिक झाँकीसहित जनउत्सव आयोजना गरिनेछ।
- एमाले सचिवालय बैठकले सबै कमिटीलाई तयारीमा जुट्न निर्देशन दिएको छ, प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक परिस्थितिबारे जानकारी गराए।
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सात दशक लामो बलिदानी सङ्घर्षको बलबाट प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दिन जेठ १५ गतेलाई विशेष उत्सवका रूपमा मनाउन जनसमुदायलाई आह्वान गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको एमाले सचिवालय बैठकले उक्त दिन उपत्यका बाहिर पार्टी कमिटीले पालिकास्तरमा विशेष कार्यक्रमहरू आयोजना गर्ने निर्णय गर्दै त्यसको तयारीमा जुट्न सबै मातहत कमिटीहरूलाई निर्देश गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
‘काठमाडौँ उपत्यकाका हकमा उपत्यकाका पार्टी कमिटीहरूको आयोजनामा सांस्कृतिक झाँकीसहित जनउत्सव आयोजना गरिनेछ । उक्त उत्सवमा सक्रिय सहभागिताका लागि बैठकले हार्दिक आह्वान गरेको छ’, बैठकपछि गौतमले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
बैठक पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समसामयिक परिस्थिति र विकसित नेपाली राजनीतिक घटनाक्रमका बारेमा संक्षिप्त जानकारी गराएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण