आइतबार, ११ जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ग्लोबल आइएमई बैङ्कद्वारा यती एअरलाइन्ससँगको सहकार्यमा ‘ग्लोबल स्काई क्लब कार्ड’ सार्वजनिक

पहिलो टिकट किन्दा शतप्रतिशत क्यासव्याक
आइतबार, ११ जेठ २०८२, १८ : ५३
आइतबार, ११ जेठ २०८२

काठमाडौँ । ग्लोबल आइएमई बैक लिमिटेडले यती एअरलाइन्ससँगको सहकार्यमा बैङ्कका ग्राहकहरूलाई हवाई यात्रा गर्दा विभिन्न सेवा सुविधा सहित ‘ग्लोबल स्काई क्लब कार्ड’ शुभारम्भ गरेको छ ।

काठमाडौँमा आइतबार आयोजित विशेष कार्यक्रममा ग्लोबल आइएमई बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र यती एअरलाइन्सका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले संयुक्त रुपमा उक्त कार्डको अनावरण गरेका छन् । 

ग्लोबल स्काई क्लब कार्डवाहकहरुले यती एअरलाइन्सको हरेक हवाई टिकट खरिदमा १० प्रतिशत वा अधिकतम ५०० रुपैयाँसम्म छुट पाउनुहुनेछ भने यो कार्डबाट पहिलो टिकट खरिदमा क्यासब्याक स्वरूप निःशुल्क टिकट पाइनेछ ।

यसका साथै, ग्लोबल स्काई क्लब कार्ड लिँदा १०० प्वाइन्ट बोनस प्राप्त हुनेछ । बोनस प्वाइन्ट विभिन्न छुट तथा सुविधाहरूको लागि प्रयोग गर्न सकिनेछ ।ग्लोबल स्काई क्लब कार्डमार्फत पोस वा ई–कम बाट हुने कारोबारमा पनि प्रत्येक १०० रुपैयाँ बराबर १ माइलेज प्वाइन्ट प्राप्त हुनेछ । 

कार्डबाहक ग्राहकहरूले चेक–इन र बोर्डिङमा प्राथमिकताका साथै यात्रामा सामानको निर्धारित तौल भन्दा थप ५ केजी तौल लैजाने सुविधा पनि पाउने छन् ।कार्यक्रमलाई सम्बोधन गर्दै बैङ्कका प्रमुख कार्यकारी अधिकृत रेग्मीले ग्लोबल आइएमई बैङ्क र यती एअरलाइन्सबीचको यस सहकार्यले डिजिटल कारोबार र ग्राहकमैत्री सेवा विस्तारमा सहयोग पुग्ने उल्लेख गरे । 

त्यसैगरी, यती एअरलाइन्सका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले ग्लोबल आइएमई बैङ्कसँगको यस सहकार्यबाट बैङ्क र एअरलाइन्स दुवैका ग्राहक तथा सेवाग्राहीलाई सुविधा पुग्ने बताए ।

कार्यक्रममा ग्लोबल आइएमई बैङ्कका सहायक प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल तथा यती एअरलाइन्सका अकाउन्टेबल म्यानेजर/चिफ बिजनेस अफिसर युवराज विष्टले एकआपसमा सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै भविष्यमा दुई संस्थाबिच ग्राहक तथा सेवाग्राहीलाई सुविधा प्रदान गर्ने गरी थप सहकार्य हुने विश्वास व्यक्त गरे । 

ग्राहक वर्गको सुविधालाई मध्यनजर गरी बैङ्कले विभिन्न किसिमका समय सान्दर्भिक योजनाहरू ल्याएर ग्राहकहरूलाई लाभान्वित गर्दै आएको छ ।ग्लोबल आइएमई बैङ्क ग्लोबल फाइनान्सको वेस्ट बैङ्क अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैङ्कको रूपमा सम्मानित बैङ्क हो । साथै ग्लोबल आइएमई बैङ्क विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ–संस्थाहरूबाट फरक फरक विधामा सम्मानित भएको छ ।

ग्लोबल आइएमई बैङ्क मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो । बैङ्कको ३५४ शाखा कार्यालय, ३८५ एटिएम, २०२ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

बैङ्कले नेपाली नागरिकहरूलाई बैङ्किङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिंदै आएको छ । बैङ्कले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

त्यसैगरी, नेपालको अग्रणी हवाई संस्था यती एअरलाइन्सले विगत २६ वर्षदेखि अनवरत रुपमा यात्रुलाई सेवा दिँदै आइरहेको छ । हाल ७ वटा एटीआर विमानहरुबाट यतीले नेपालका सुगम क्षेत्रहरू लगायत पर्वतीय उडान मार्फत वार्षिक १० लाखभन्दा बढी यात्रुहरूलाई सेवा दिइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप