आइतबार, ११ जेठ २०८२
ताजा लोकप्रिय

नेकपा माओवादी केन्द्र र नेसपाबिच एकता घोषणा कार्यक्रम तय

आइतबार, ११ जेठ २०८२, २१ : ३९
आइतबार, ११ जेठ २०८२

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) र गंगानारायण श्रेष्ठले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीबिच सोमबार एकता हुने भएको छ । नेसपाले आइतबार नेकपा माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेकाे थियो । 

सोमबार बिहान साढे ११ बजे ललितपुरको ग्वार्को खरिबोटस्थित कान्तिपुर ब्यांक्वेटमा एकता घोषणा कार्यक्रम तय गरिएको हो । 

कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप