तीनकुने घटना
दुर्गा प्रसाईंसहित ५० जनाको बयान न्यायाधीश कार्कीको इजलासमा
उपद्रव कसुरमा संलग्नहरूको बयान पाण्डेको इजलासमा
सोमबार, १२ जेठ २०८२, १० : ५५
सारांश
- चैत १५ गते तीनकुनेमा राजावादी आन्दोलनका क्रममा भएको घटनामा संलग्न व्यक्तिहरूको बयान र थुनछेक इजलास तोकिएको छ।
- दुर्गा प्रसाईं लगायत ५० जनाको बयान काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा हुनेछ।
- भाटभटेनी लुटपाटमा संलग्न ११ जनाको बयान र थुनछेक न्यायाधीश पदमराज पाण्डेको इजलासमा हुने भएको छ।
काठमाडौँ । राजावादी आन्दोलनका क्रममा चैत १५ को तीनकुने घटनामा संलग्न प्रतिवादीहरूसँग बयान लिन र थुनछेक गर्न इजलास तोकिएको छ ।
दुर्गा प्रसाईं सहित ५० जनाको बयान काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा हुने भएको छ । राज्य विरुद्धको कसुरका ५० जना प्रतिवादीहरूको बयान र थुनछेक कार्कीको इजलासमा हुनेछ ।
भाटभटेनी लुटमा संलग्न ११ जनाको बयान र थुनछेक न्यायाधीश पदमराज पाण्डेको इजलासमा हुने भएको छ । ११ जनालाई सरकारी वकिलले आपराधिक उपद्रव कसुरमा अभियोजन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाको १९ औँ अधिवेशन जेठ ३१ मा
-
देउवा नेपाल फर्कन समय लाग्ने, फर्केपछि बस्न घर खोजी हुँदै
-
जर्मनी र फ्रान्सले रद्द गरे मिलेर नयाँ लडाकु विमान बनाउने परियोजना
-
सरकारका प्रवक्तालाई प्रश्न : प्रधानमन्त्रीलाई संसदमा जान अप्ठेरो लागेको हो ?
-
यात्रुको राहदानीमा ‘सर्त’ लेख्ने २ अध्यागमन अधिकृत विमानस्थलबाट हटाइए
-
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णयहरू सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण