मङ्गलबार, १३ जेठ २०८२
ताजा लोकप्रिय
तीनकुने घटना

दुर्गा प्रसाईंसहित ५० जनाको बयान न्यायाधीश कार्कीको इजलासमा

उपद्रव कसुरमा संलग्नहरूको बयान पाण्डेको इजलासमा
सोमबार, १२ जेठ २०८२, १० : ५५
सोमबार, १२ जेठ २०८२

समाचार सारांश

  • चैत १५ गते तीनकुनेमा राजावादी आन्दोलनका क्रममा भएको घटनामा संलग्न व्यक्तिहरूको बयान र थुनछेक इजलास तोकिएको छ।
  • दुर्गा प्रसाईं लगायत ५० जनाको बयान काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा हुनेछ।
  • भाटभटेनी लुटपाटमा संलग्न ११ जनाको बयान र थुनछेक न्यायाधीश पदमराज पाण्डेको इजलासमा हुने भएको छ।

काठमाडौँ । राजावादी आन्दोलनका क्रममा चैत १५ को तीनकुने घटनामा संलग्न प्रतिवादीहरूसँग बयान लिन र थुनछेक गर्न इजलास तोकिएको छ । 

दुर्गा प्रसाईं सहित ५० जनाको बयान काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा हुने भएको छ । राज्य विरुद्धको कसुरका ५० जना प्रतिवादीहरूको बयान र थुनछेक कार्कीको इजलासमा हुनेछ ।

भाटभटेनी लुटमा संलग्न ११ जनाको बयान र थुनछेक न्यायाधीश पदमराज पाण्डेको इजलासमा हुने भएको छ । ११ जनालाई सरकारी वकिलले आपराधिक उपद्रव कसुरमा अभियोजन गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप