बिहीबार, १५ जेठ २०८२
ताजा लोकप्रिय
अपडेट

भिजिट भिसा प्रकरणमा गृहमन्त्री निर्दोष रहेको कांग्रेसको दाबी

सोमबार, १२ जेठ २०८२, १२ : १०
सोमबार, १२ जेठ २०८२

समाचार सारांश

  • नेपाली कांग्रेसले गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणमा निर्दोष रहेको दाबी गरेको छ।
  • कांग्रेस पदाधिकारी बैठकले लेखक अनियमिततामा संलग्न नभएको निष्कर्ष निकाल्यो, प्रवक्ता प्रकाश शरण महतले बताए।
  • माओवादी बैठकले लेखकको राजीनामा माग्यो भने विपक्षी दलहरूले भोलिको प्रतिनिधिसभा बैठक अवरुद्ध गर्ने तयारी गरेका छन्।

काठमाडौँ । नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक निर्दोष रहेको दाबी गरेको छ । 

सोमबार बसेको पदाधिकारी बैठकले लेखक अनियमिततामा संलग्न नभएको निष्कर्ष निकालेको प्रवक्ता प्रकाश शरण महतले जानकारी दिए । 

बैठकपछि उनले भने, ‘उहाँ संलग्न हुनुहुन्न भन्ने कुरामा हामी विश्वस्त छौँ । जो संलग्न छन् तिनलाई कारबाही हुनुपर्छ ।’

आजै बसेको माओवादी बैठकले भने लेखकले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने निष्कर्ष निकालेको छ । यस्तै प्रतिपक्षी दलहरूले मंगलबारको प्रतिनिधिसभा बैठक अवरुद्धको तयारी गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप