अपडेट
भिजिट भिसा प्रकरणमा गृहमन्त्री निर्दोष रहेको कांग्रेसको दाबी
सोमबार, १२ जेठ २०८२, १२ : १०
सारांश
- नेपाली कांग्रेसले गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणमा निर्दोष रहेको दाबी गरेको छ।
- कांग्रेस पदाधिकारी बैठकले लेखक अनियमिततामा संलग्न नभएको निष्कर्ष निकाल्यो, प्रवक्ता प्रकाश शरण महतले बताए।
- माओवादी बैठकले लेखकको राजीनामा माग्यो भने विपक्षी दलहरूले भोलिको प्रतिनिधिसभा बैठक अवरुद्ध गर्ने तयारी गरेका छन्।
काठमाडौँ । नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक निर्दोष रहेको दाबी गरेको छ ।
सोमबार बसेको पदाधिकारी बैठकले लेखक अनियमिततामा संलग्न नभएको निष्कर्ष निकालेको प्रवक्ता प्रकाश शरण महतले जानकारी दिए ।
बैठकपछि उनले भने, ‘उहाँ संलग्न हुनुहुन्न भन्ने कुरामा हामी विश्वस्त छौँ । जो संलग्न छन् तिनलाई कारबाही हुनुपर्छ ।’
आजै बसेको माओवादी बैठकले भने लेखकले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने निष्कर्ष निकालेको छ । यस्तै प्रतिपक्षी दलहरूले मंगलबारको प्रतिनिधिसभा बैठक अवरुद्धको तयारी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण