भन्सार प्रमुखमाथि कुटपिट आरोपमा नगर प्रहरी निरीक्षकसहित चार जना पक्राउ
कैलाली। कैलाली भन्सार कार्यालयका प्रमुख अनन्त तिमिल्सिनामाथि कुटपिट गरेको अभियोगमा धनगढी उपमहानगरपालिकाका नगर प्रहरी निरीक्षक लक्ष्मणसिंह धामीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा निरीक्षक धामीका साथै उनका सवारी चालक हसनबहादुर मल्ल, नगर प्रहरी जवान जितेन्द्रसिंह धामी र हवल्दार मणिदत्त भट्ट रहेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार भन्सार प्रमुख तिमिल्सिनाले दायर गरेको,अभद्र व्यवहार,सम्बन्धी किटानी जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।
प्रहरीका अनुसार शनिबार राति नगर प्रहरी टोलीले कैलाली भन्सार कार्यालयमा प्रवेश गरी प्रमुख भन्सार अधिकृत तिमिल्सिनामाथि कुटपिट गरेका थिए। घटनाको पुष्टि कार्यालयमा जडान गरिएको सीसीटीभी फुटेज सार्वजनिक भएपछि भएको हो।
प्रहरी निरीक्षक धामीलाई कञ्चनपुरको झलारीबाट र अन्य तीन जनालाई धनगढीबाट सोमबार बिहान नियन्त्रणमा लिइएको हो। हाल उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण