सोमबार, ०२ असार २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राप्रपा नेपालको केन्द्रीय समितिको बिस्तारित बैठक मंगलबार बस्ने

सोमबार, १२ जेठ २०८२, १५ : ३७
सोमबार, १२ जेठ २०८२

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको जिल्ला अध्यक्ष सहितको केन्द्रीय समितिको बिस्तारित बैठक मंगलबार काठमाडौँमा बस्ने भएको छ ।

बैठकमा पार्टी अध्यक्ष कमल थापाले आन्दोलन सम्बन्धी रणनीति र कार्ययोजना सहितको कार्यपत्र प्रस्तुत गर्ने राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

“बैठकमा सहभागी हुन अधिकांश केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरु काठमाडौं आईपुगिसक्नुभएको छ , आउन बाकी भोलि बिहानसम्म आईपुग्नुहुन्छ “बर्तौलाले भने । 

अन्य समयको केन्द्रीय समितिको बैठकमा जस्तो यो बैठकमा सचिवालय,संगठन र आर्थिक  लगायतका प्रतिबेदन पेश हुने छैनन्, आन्दोलन केन्द्रित बिषयमा मात्र छलफल हुने पार्टीले जनाएको छ । जेठ १५ गतेको आन्दोलनलाई ब्यबस्थित , प्रभाबकारी र शान्तिपूर्ण बनाउन बैठकमा अध्यक्ष थापाले निर्देशनात्मक अभिव्यक्ति दिनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप