राप्रपा नेपालको केन्द्रीय समितिको बिस्तारित बैठक मंगलबार बस्ने
सोमबार, १२ जेठ २०८२, १५ : ३७
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको जिल्ला अध्यक्ष सहितको केन्द्रीय समितिको बिस्तारित बैठक मंगलबार काठमाडौँमा बस्ने भएको छ ।
बैठकमा पार्टी अध्यक्ष कमल थापाले आन्दोलन सम्बन्धी रणनीति र कार्ययोजना सहितको कार्यपत्र प्रस्तुत गर्ने राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
“बैठकमा सहभागी हुन अधिकांश केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरु काठमाडौं आईपुगिसक्नुभएको छ , आउन बाकी भोलि बिहानसम्म आईपुग्नुहुन्छ “बर्तौलाले भने ।
अन्य समयको केन्द्रीय समितिको बैठकमा जस्तो यो बैठकमा सचिवालय,संगठन र आर्थिक लगायतका प्रतिबेदन पेश हुने छैनन्, आन्दोलन केन्द्रित बिषयमा मात्र छलफल हुने पार्टीले जनाएको छ । जेठ १५ गतेको आन्दोलनलाई ब्यबस्थित , प्रभाबकारी र शान्तिपूर्ण बनाउन बैठकमा अध्यक्ष थापाले निर्देशनात्मक अभिव्यक्ति दिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण