पहिलो सिजनमै एमबाप्पेले जिते ‘युरोपियन गोल्डेन सु’ अवार्ड

काठमाडौँ । स्पेनिस क्लब रियल म्याड्रिडका फ्रान्सेली खेलाडी केलियन एमबाप्पेले युरोपियन ‘गोल्डेन सु’ अवार्ड जितेका छन् । उनले पहिलो पटक यो अवार्ड हात पारेका हुन् । उनले स्पेनिस ला लिगाको आफ्नो पछिल्लो खेलमा पनि रियल सोसिएडाडविरुद्ध दुई गोल गरेका थिए ।
उक्त खेलमा रियल म्याड्रिड २–० गोलले नै विजयी भएको थियो । फ्रान्सेली टोलीका प्रभावशाली खेलाडी एमबाप्पेले यो सिजन रियल म्याड्रिडका लागि घरेलु लिगमा ३१ गोल गरे । २६ वर्षीय फरवार्ड एमबाप्पेको ला लिगामा यो पहिलो सिजन हो ।
यो सिजन ला लिगामा सर्वाधिक गोलकर्ताको पुरस्कार पनि उनले नै पाएका छन् । एमबाप्पेले स्पोर्टिङका भिक्टर ग्योकर्स र लिभरपुलका मोहम्मद सलाहलाई पछि पार्दै युरोपियन ‘गोल्डेन सु’ अवार्ड हात पारेका हुन् ।
ग्योकर्सले यो सिजन ३९ गोल र सलाहले २९ गोल गरेका छन् । एमबाप्पेभन्दा आठ गोल बढी गरे पनि ग्योकर्सले यो अवार्ड पाएनन् । उनी दोस्रो स्थानमा चित्त बुझाउन बाध्य भए । सिजनभर युरोपका पाँच चर्चित लिगमा गोल गर्ने खेलाडीमध्ये एकजनालाई यो अवार्ड प्रदान गरिन्छ ।
इङ्लिस प्रिमियर लिग, स्पेनिस ला लिगा, जर्मन बुन्डेसलिगा, इटालियन सिरिए र फ्रान्सेली लिग खेल्ने खेलाडीलाई यसमा समावेश गरिन्छ । यदि लिभरपुलका मोहम्मद सलाहले सिजनको आफ्नो अन्तिम खेलमा क्रिस्टल प्यालेसविरुद्ध ह्याट्रि गरेको भए उनले एमबाप्पेसँगै संयुक्त रुपमा यो अवार्ड हात पार्ने थिए ।
एमबाप्पे यो अवार्ड पाउने रियल म्याड्रिडका केवल तेस्रो खेलाडी हुन् । यसअघि ह्युगो सान्चेजले सन् १९८९–९० सिजनमा यो अवार्ड जितेका थिए । क्रिस्टियानो रोनाल्डोले सन् २०१०–११, सन् २०१३–१४ र सन् २०१४–१५ सिजनमा यो अवार्ड जितेका थिए ।
‘गोल्डेन सु’ अवार्ड जित्ने क्रममा एमबाप्पेले ६२ अंक हात पारे भने ग्योकर्सले ५८.५, सलाहले ५८, रोबर्ट लेवान्डोवस्कीले ५४ र ह्यारी केनले ५२ अंक पाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली सेनाले रोक्यो गाजातर्फ गइरहेको जहाज
-
फिल्म ‘सोल्टिनी’ को पहिलो गीत ‘सत्य जुगैको’ सार्वजनिक
-
सदन अवरोध हटाउन कांग्रेसको मध्यमार्गी प्रस्ताव, प्रतिपक्षी दलहरू छलफलमा
-
जन्मदिन मनाउन व्यस्त छन् राजेश हमाल : कति पुग्यो उमेर ?
-
स्वरूपराज आचार्यले स्वर दिएको नयाँ गीत सार्वजनिक
-
वाईसीएललाई प्रचण्डको निर्देशन : ‘प्रतिक्रियावादी र प्रतिगमनकारीविरुद्ध खरो रूपमा उभिनुहोस्’