मालदिभ्समा रहेका नेपालीको पासपोर्ट नवीकरणका लागि घुम्ती सेवा
माल्दिभ्स । मालदिभ्समा बसोबास गर्ने नेपालीको पासपोर्ट नवीकरणका लागि घुम्ती सेवा सञ्चालन गरिएको छ ।
नेपाल सरकार, परराष्ट्र मन्त्रालयअन्तर्गत राहदानी विभाग तथा श्रीलंकाको कोलम्बोस्थित नेपाली राजदूतावासको समन्वयमा सेवा सञ्चालन गरिएको हो ।
यसै जेठ ९, १० र १२ गते मालदिभ्सस्थित ग्लोबल ट्राभलको कार्यालयमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, श्रीलंकाका राजदूत तथा मालदिभ्सका आवासीय राजदूत पूर्ण बहादुर नेपाली, नेपाली राजदूतावास कोलम्बोका दोस्रो सेक्रेटरी सागर भण्डारी, थर्ड सेक्रेटरी अरेन्द्र महर्जनको उपस्थिति रहेको थियो ।
सोमबार मध्याह्नसम्म ५० भन्दा बढीले पासपोर्ट नवीकरण गरेका थिए । ‘ट्राभल डकुमेन्ट नभएर समस्यामा परेका नेपालीलाई सहयोग पुर्याउन घुम्ती सेवा सञ्चालन गरेका हौं,’ कोलम्बोका लागि नेपाली राजदूत तथा मालदिभ्सका आवासीय राजदूत पूर्ण बहादुर नेपालीले भने, ‘पासपोर्टसम्बन्धी समस्या आएपछि सेवा दिने प्रयास गर्यौं ।’
परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास कोलम्बोको सम्पूर्ण टिमले पुर्याएको सेवाप्रति मालदिभ्समा कार्यरत नेपालीले खुसी व्यक्त गरेका छन् ।
‘उहाँहरूको अथक् प्रयास र उत्कृष्ट पहलका कारण मालदिभ्समा पासपोर्ट नवीकरण क्याम्प सफलतापूर्वक सम्पन्न भयो,’ ८ वर्षदेखि मालदिभ्समा कार्यरत सरोज सापकोटाले रातोपाटीलाई बताए । फेसबुक ग्रुप ‘नेपाल हेल्पलाइन मालदिभ्स’ मार्फत सापकोटाले सामाजिक सेवाका काममा सक्रिय छन् ।
मालदिभ्समा झण्डै ५ हजार नेपाली रहेको अनुमान छ । त्यहाँ नर्स, मेडिकल डाक्टर र अन्य विभिन्न पेसामा नेपालीहरू कार्यरत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
-
टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने
-
काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण