नेपाललाई शिक्षाको हब बनाउनुपर्छ : देउवा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शैक्षिक क्षेत्रलाई सुधार गर्दै नेपाललाई शिक्षाको हब बनाउनुपर्ने बताएका छन् ।
काांग्रेस शिक्षा विभागले सोमबार काठमाडौंमा आयोजना गरेको शिक्षा नीति विषयक कार्यक्रममा सभापति देउवाले गुणस्तर सुधार गरी स्वदेशका साथै विदेशी विद्यार्थीका लागि समेत नेपाललाई शिक्षाको हब बनाउनुपर्ने बताएका हुन् ।
नेपालमा नै राम्रो शिक्षा प्रदान गर्न सके नेपाली विद्यार्थीहरु अध्ययनका लागि बाहिर जानुपर्ने अवस्थाको अन्त्य हुने उनले बताए । सभापति देउवाले शिक्षा क्षेत्रको सुधारका लागि आवश्यक नीति निर्माण गर्न कांग्रेसले ध्यान दिने धारणा राखे ।
कार्यक्रममा शिक्षामन्त्री रघुजी पन्तले नेपालका विश्वविद्यालयहरुलाई सुधार गर्दै शिक्षा क्षेत्र गुणस्तरीय बनाउन प्रयास गर्ने बताए ।
उनले विदेशमा रहेका विश्वविद्यालयहरुलाई नेपाल अध्यापन गराउनका लागि पहल गर्नुपर्नेमा जोड दिए । मन्त्री पन्तले युवापुस्ताहरुलाई स्वदेशमा नै रोक्न सक्नेगरिको शिक्षा दिनसक्नुपर्ने धारणा राखे ।
यस्तै कांग्रेस शिक्षा विभाग प्रमुख नैनसिंह महरले शिक्षालाई अनुसन्धानमुखी बनाउने गरी अघि बढ्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण