कुलेखानी–देउराली–मातातीर्थ–सतुगंल–सडक ८ दिन बन्द
सारांश
- काठमाडौं जोड्ने कुलेखानी-देउराली सडक स्तरोन्नतिको लागि ८ दिन बन्द हुने भएको छ।
- सडक खण्डमा ढलानको काम भइरहेकोले जेठ १३ देखि २० गतेसम्म सवारी आवागमन बन्द गरिनेछ।
- सडक डिभिजन कार्यालय ललितपुरका अनुसार ढलान कार्यमा सहजताका लागि सडक बन्द गरिएको हो।
हेटौँडा । काठमाडौँ जोड्ने छोटो दुरीका कुलेखानी–देउराली–मातातीर्थ–सतुगंल–सडक ८ दिन बन्द हुने भएको छ । सो सडक खण्ड स्तरोन्नतिको कामका लागि सडक बन्द हुने भएको हो ।
पूर्वाधार विकास कार्यालय, ललितपुर मार्फत ठेक्का लागेर स्तरोन्नति कार्य भइरहेको सो सडक खण्डको केही भागमा ढलानको काम भइरहेको छ । उक्त कार्यमा सवारी आवागमनले बाधा हुने भएपछि जेठ १३ गते मङ्गलवारबाट जेठ २० गतेसम्म सो सडक खण्ड बन्द गरिएको हो । ८ दिनको अवधिमा सो सडकमा सवारीका साधन आवागमन पूर्ण रूपमा बन्द गरिएको कार्यालयले जनाएको छ ।
पूर्वाधार विकास कार्यालय ललितपुरका प्रमुख इन्जिनियर राजु श्रेष्ठका अनुसार सो सडकमा ढलान भइरहेको र सो सडकमा सवारीका साधन आवागमन हुँदा मोडहरूमा ढलान कार्यमा अप्ठ्यारो भएकोले बन्द गरिएको हो ।
सडक खण्डको सशस्त्र क्याम्पदेखि मकैबारीसम्म निर्माण कार्य भइरहेको उनले बताए । सवारी साधनको आवागमन बन्द गरी निर्माण कार्यमा सहजीकरण गर्न उनले आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण