कुलेखानी–देउराली–मातातीर्थ–सतुगंल–सडक ८ दिन बन्द

समाचार सारांश
- काठमाडौं जोड्ने कुलेखानी-देउराली सडक स्तरोन्नतिको लागि ८ दिन बन्द हुने भएको छ।
- सडक खण्डमा ढलानको काम भइरहेकोले जेठ १३ देखि २० गतेसम्म सवारी आवागमन बन्द गरिनेछ।
- सडक डिभिजन कार्यालय ललितपुरका अनुसार ढलान कार्यमा सहजताका लागि सडक बन्द गरिएको हो।
हेटौँडा । काठमाडौँ जोड्ने छोटो दुरीका कुलेखानी–देउराली–मातातीर्थ–सतुगंल–सडक ८ दिन बन्द हुने भएको छ । सो सडक खण्ड स्तरोन्नतिको कामका लागि सडक बन्द हुने भएको हो ।
पूर्वाधार विकास कार्यालय, ललितपुर मार्फत ठेक्का लागेर स्तरोन्नति कार्य भइरहेको सो सडक खण्डको केही भागमा ढलानको काम भइरहेको छ । उक्त कार्यमा सवारी आवागमनले बाधा हुने भएपछि जेठ १३ गते मङ्गलवारबाट जेठ २० गतेसम्म सो सडक खण्ड बन्द गरिएको हो । ८ दिनको अवधिमा सो सडकमा सवारीका साधन आवागमन पूर्ण रूपमा बन्द गरिएको कार्यालयले जनाएको छ ।
पूर्वाधार विकास कार्यालय ललितपुरका प्रमुख इन्जिनियर राजु श्रेष्ठका अनुसार सो सडकमा ढलान भइरहेको र सो सडकमा सवारीका साधन आवागमन हुँदा मोडहरूमा ढलान कार्यमा अप्ठ्यारो भएकोले बन्द गरिएको हो ।
सडक खण्डको सशस्त्र क्याम्पदेखि मकैबारीसम्म निर्माण कार्य भइरहेको उनले बताए । सवारी साधनको आवागमन बन्द गरी निर्माण कार्यमा सहजीकरण गर्न उनले आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजावादी आन्दोलनमा यसकारण रवीन्द्र र धवलशमशेर ‘गुमनाम’
-
प्राङ्गारिक मल उत्पादनसँगै डढेलो नियन्त्रण
-
एकीकृत समाजवादीका यी नेता किन गए चीन ?
-
बच्चा कोरल्दै आगन्तुक चरा
-
यातायात व्यवसायीलाई वार्तामा आउन प्रदेश सरकारको आह्वान
-
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामै सबै रोगको परीक्षण हुने वातावरण बनाउँदैछौँ : स्वास्थ्यमन्त्री पौडेल