धादिङको थाक्रे*मा नयाँ पुल बनाउँदा पुरानो पुलको भाग धस्सियो, दुईतर्फी सवारी अवरुद्ध
मङ्गलबार, १३ जेठ २०८२, १० : ४७
सारांश
- धादिङको गल्छीमा पुरानो पुल भासिएपछि पृथ्वी राजमार्गमा दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको छ।
- सवारी आवागमन सुचारु गर्न ठूला सवारीलाई डाइभर्ट गरिएको छ, भने सोताङ खोलामा नयाँ पुल निर्माण भइरहेको छ।
- पुरानो पुल भासिनुको कारण नयाँ पुल निर्माणको क्रममा भएको थर्काइलाई अनुमान गरिएको छ।
काठमाडौँ । पृथ्वी राजमार्गस्थित धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ७ मा रहेको पुरानो पुलको भाग धस्सिएपछि दुईतर्फ सवारी अवरुद्ध भएको छ ।
सोताङ खोला पुलको भाग धस्सिएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, रामनगरका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए । पृथ्वी राजमार्ग हुँदै चल्ने ठुला सवारी साधन सो पुल हुँदै चल्न रोक लगाइएको छ ।
काठमाडौँतर्फ जाने ठुला सवारीलाई डाइभर्ट गरेर गल्छी हुँदै नुवाकोटको बाटो पठाइएको एसपी सुवेदीले जानकारी दिए । सोताङ खोलामा पुरानो पुलसँगै नयाँ पुलको निर्माण कार्य हुँदै आएको छ । निर्माण कार्य गर्दा थर्किएर पुरानो पुलको भाग धस्सिएको आकलन गरिएको छ ।
*थाक्रे हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
घरपझोङ चक्रपथ जोड्ने ठिनी खोलामा पक्की पुल निर्माण
-
अलैँचीले फेरिँदै लमजुङका किसानको दैनिकी
-
पातेटाकुरा खोलाको पुल निर्माण सम्पन्न
-
बाढीले क्षति पुर्याएपछि रेलेखोला जलविद्युत् आयोजना बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण