बुधबार, २१ जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

देव र मन्दिराको ‘खोली सलसल’ सार्वजनिक

मङ्गलबार, १३ जेठ २०८२, १२ : ३४
मङ्गलबार, १३ जेठ २०८२

काठमाडौँ । सर्जक तथा गायक देव सहानीको नयाँ गीत ‘खोली सलसल’ सार्वजनिक गरिएको छ । नवीन बाबु विश्वकर्माको शब्द तथा शान्त शिशिरको संगीत रहेको गीतमा चेतन गोतामेको एरेन्ज छ । 

गीत गायनमा सहानीलाई गायिका मन्दिरा थापा मगरले साथ दिएकी छिन् । माया र प्रेममा आधारित गीतमा सहानीलाई अभिनयमा सुनाइना श्रेष्ठले साथ दिएकी छन् । भिडियोमा एक प्रेमजोडीको प्रेमकथा देखाइएको छ ।

सुशील कार्कीले निर्देशक गरेको भिडियोमा दीपक गिरीको छायाङ्कन र नवीन बोहराको सम्पादन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप