राष्ट्रिय युवा सङ्घ नेपालको महाधिवेशनमा फर्जी प्रतिनिधि
पोखरा । राष्ट्रिय युवा सङ्घ नेपालको १० औँ महाधिवेशन अन्तर्गत पोखरामा जारी मतदानमा फर्जी प्रतिनिधि कार्डको प्रयोग भएपछि केहीबेर अवरुद्ध भएको मतदान प्रक्रिया पुन सुरु भएको छ ।
पोखरा सभागृहमा सोमबार बिहान १० बजेबाट सुरु भएको मतदानका क्रममा रौतहटका प्रतिनिधि शेख जैद आलमको नाममा बनाइएको कार्डमा अर्कै व्यक्तिको फोटो टाँसिएको फेला परेको थियो । उक्त कार्ड प्रयोग गरी भोट हाल्न खोजिएपछि अन्य प्रतिनिधिहरूले अवरोध गरेका थिए ।
निर्वाचन समितिले तत्काल मतदान प्रक्रिया स्थगित गर्दै छानबिन अघि बढाएको थियो । डिजिटल कार्ड भएका प्रतिनिधिहरूले मात्र मतदान गर्न पाउने निर्णय भएपछि मतदान अघि बढेको छ ।
बिहान १० बजेबाट सुरु भएको मतदानमा दिउँसो १२ बजेसम्म ६०३ जनाले मतदान गरिसकेको निर्वाचन आयोगले जनाएको छ । महाधिवेशनमा कूल १ हजार ७ सय ६४ प्रतिनिधिहरूले मतदान गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण