युवा संघ महाधिवेशन
युवा सङ्घको मतदान सकियो, १ हजार ४ सय मत खस्यो
मङ्गलबार, १३ जेठ २०८२, १७ : ३३

पोखरा । नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घको १० औँ महाधिवेशनबाट नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतदान सकिएको छ । पोखरा सभागृहमा बिहीबार १० बजेबाट सुरु भएको मतदान सवा ५ बजे सकिएको हो । १ हजार ७६४ प्रतिनिधिमध्ये १ हजार ४ सय ४ जना मतदानमा सहभागी भएका छन् ।
अबको केही समयमै मतगणना सुरु हुने निर्वाचन कमिटीले जनाएको छ । निर्वाचनमा क्षितिज थेबे र महासचिव सुमन पुरीको प्यानल चुनावी मैदानमा छ । थेबे प्यानलबाट उपाध्यक्षमा महाराज गुरुङ र विनय शाहले उम्मेदवारी दिएका छन् । पुरी प्यानलबाट प्रकाश गौतम र पर्वत भण्डारी उपाध्यक्षको उम्मेदवार बनेका छन् ।
महासचिवमा थेबे प्यानलबाट महेश चौलागाईं र पुरी प्यानलबाट कुबेर अधिकारीले उम्मेदवारी दिएका छन् । ६४ पद निर्विरोध हुँदा ९ पदाधिकारीसहित ९३ पदमा निर्वाचन भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कला–संस्कृति राष्ट्रको गौरव हुन्ः मन्त्री पाण्डे
-
विपद् जोखिम न्यूनीकरणबारे जेनेभामा सशस्त्रका महानिरीक्षकको सम्बोधन
-
मुद्दा मिलाइदिन्छु भन्दै ठगी गरेको आरोपमा पक्राउ
-
विश्वमा नयाँ वित्तीय व्यवस्था र सशक्त सहकार्यमा प्रधानमन्त्रीको जोड
-
वाईसीएलको नेतृत्व छनोट बुधबार, पदाधिकारीमा ९९ जना आकाङ्क्षी
-
प्रधानमन्त्रीसँग सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारीको छलफल