युवा संघ महाधिवेशन
युवा संघ चुनाव : थेवेलाई सुरूवाती अग्रता
मङ्गलबार, १३ जेठ २०८२, १९ : १२

काठमाडौँ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघको १० औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ ।
पोखरा सभागृहमा आज सकिएको मतदानमा १ हजार ७६४ प्रतिनिधिमध्ये १ हजार ४ सय ४ जना मतदानमा सहभागी भएका थिए ।
सुरुवाती मतगणनामा अध्यक्षका दावेदार क्षितिज थेबे र महासचिव सुमन पुरीबिच कडा टक्कर देखिएको छ । थेवेले ६ सय ७ मत पाउँदा पुरीले ५ सय ७ मत ल्याएका छन् ।
थेवे प्यानलबाट उपाध्यक्षमा महाराज गुरुङ र विनय शाहले उम्मेदवारी दिएका छन् । पुरी प्यानलबाट प्रकाश गौतम र पर्वत भण्डारी उपाध्यक्षको उम्मेदवार बनेका छन् ।
महासचिवमा थेवे प्यानलबाट महेश चौलागाईं र पुरी प्यानलबाट कुबेर अधिकारीले उम्मेदवारी दिएका छन् । ६४ पद निर्विरोध हुँदा ९ पदाधिकारीसहित ९३ पदमा निर्वाचन भएको हो ।