राजावादी आन्दोलनको स्वरुप भद्र अवज्ञा र सत्याग्रह हुने
सारांश
- संयुक्त जनआन्दोलन समितिले जेठ १५ गतेदेखि भद्र अवज्ञा र सत्याग्रहको रुपमा आन्दोलन गर्ने घोषणा गरेको छ।
- आन्दोलनको मुख्य उद्देश्य संवैधानिक राजसंस्था, सनातन हिन्दु अधिराज्य र बहुदलीय प्रजातन्त्रको पुनःस्थापना रहेको छ।
- समितिले सरकारको दमनको चेतावनी र प्रधानमन्त्रीको काठमाडौंतर्फको नियन्त्रणको घोषणाप्रति आपत्ति जनाएको छ।
काठमाडौं । वर्तमान व्यवस्था विरोधीको समूह संयुक्त जनआन्दोलन समितिले भोलि जेठ १५ गतेदेखि सुरु हुने आन्दोलन पूर्णतः भद्र अवज्ञा र सत्याग्रहको स्वरुपमा अघि बढाइने बताएको छ। समितिका संयोजक नवराज सुवेदीद्वारा बुधबार जारी अपिलमा भनिएको आन्दोलन शान्तिपूर्ण हुने उल्लेख छ ।
यसैगरी आन्दोलनको मूल उद्देश्य संवैधानिक राजसंस्था, सनातन हिन्दु अधिराज्य र बहुदलीय प्रजातन्त्र पुनःस्थापनाको माग रहेको उल्लेख गरिएको छ। अपिलमा देश वर्तमान अवस्थामा भ्रष्टाचार, बेथिति र चौतर्फी संकटमा फँसेको उल्लेख गर्दै अब अवस्था र व्यवस्था परिवर्तन अपरिहार्य भएको दाबी गरिएको छ।
सरकारका तर्फबाट आन्दोलनमाथि सम्भावित दमनको चेतावनी र प्रधानमन्त्री केपी शर्मा ओलीको काठमाडौंतर्फको नियन्त्रणको घोषणा सन्दर्भमा समितिले गम्भीर आपत्ति जनाएको छ। समितिले मानव अधिकार आयोग, सञ्चारमाध्यम र अन्य अधिकारसम्बन्धी संस्थाहरुलाई तीनकुने घटनाजस्तै संभावित हिंसात्मक अवस्थाप्रति चनाखो रहन आग्रह गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
-
सीटीईभीटीको उपाध्यक्ष र सदस्य सचिवमा दरखास्त आह्वान
-
भृकुटीमण्डपमा ‘फिन इलेक्ट्रो–टेक २०२६’ सुरु, अर्थमन्त्रीले गरे उद्घाटन
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण