‘बिहीबारको आन्दोलनमा हिंसा भए प्रधानमन्त्रीले जिम्मेवारी लिनुपर्छ’
बुधबार, १४ जेठ २०८२, १४ : २४
_ozbyc6chgm_ik3p2X3lIT.jpg)
समाचार सारांश
- राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले आन्दोलनमा हिंसा भए प्रधानमन्त्री केपी ओली जिम्मेवार हुनुपर्ने बताए।
- शाहीले प्रधानमन्त्रीले उत्तेजक भाषण दिएर युद्ध गर्न खोजेको आरोप लगाए।
- राप्रपाले सडक र सदनबाट आन्दोलन जारी राख्ने बताएको छ।
काठमाडौँ । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बिहीबार आफूहरुले गर्ने आन्दोलनमा हिंसा भए त्यसको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्री केपी ओलीले लिनुपर्ने बताएका छन् ।
बुधबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै शाहीले आफूहरुको आन्दोलन शान्तिपूर्ण हुने भन्दै कुनै पनि अप्रिय घटना भए त्यसको जिम्मा प्रधानमन्त्रीले लिनुपर्ने बताएका हुन् ।
उनले संविधानको उलंघन गर्दै प्रधानमन्त्रीले आफूहरु लक्षित उत्तेजक भाषण दिएर मान्छे भिडाएर युद्ध गर्न खोजेको आरोप लगाए ।
शान्तिबाटीकामा आफुहरुको कार्यक्रम शान्तिपूर्ण हुने उनले बताए । शाहीले आफूहरुको आन्दोलन सडक र सदनबाट निरन्तर अघि बढ्ने समेत उल्लेख गरे ।
उनले आफूहरुको पीएसओ हटाएको बिषयमा सरकारसंग सोध्न सञ्चारकर्मीलाई सुझाव दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेसपा (नयाँ शक्ति) को केन्द्रीय बैठकबाट ११ बुँदे राजनीतिक प्रस्ताव पारित
-
बेलायतको ओपन कन्सर्टमा अन्जु पन्त र खेम सेन्चुरीले नचाए दर्शक
-
लन्डनमा एक नेपाली युवा कार्यस्थलमा मृत फेला
-
पाँचथरको हेवाखोलामा पुल भाँचिदा ज्यान गुमाउनेहरु बाराका, घटनापछि गाउँमा शोक
-
सानो पाइला बचत तथा ऋण सहकारी ठगी : लामिछानेद्वारा सबै आरोप अस्वीकार
-
कर्मचारीलाई खेलकुद सचिव नियुक्ति प्रकरणः अदालतको ब्रेक