‘बिहीबारको आन्दोलनमा हिंसा भए प्रधानमन्त्रीले जिम्मेवारी लिनुपर्छ’
बुधबार, १४ जेठ २०८२, १४ : २४
सारांश
- राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले आन्दोलनमा हिंसा भए प्रधानमन्त्री केपी ओली जिम्मेवार हुनुपर्ने बताए।
- शाहीले प्रधानमन्त्रीले उत्तेजक भाषण दिएर युद्ध गर्न खोजेको आरोप लगाए।
- राप्रपाले सडक र सदनबाट आन्दोलन जारी राख्ने बताएको छ।
काठमाडौँ । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बिहीबार आफूहरुले गर्ने आन्दोलनमा हिंसा भए त्यसको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्री केपी ओलीले लिनुपर्ने बताएका छन् ।
बुधबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै शाहीले आफूहरुको आन्दोलन शान्तिपूर्ण हुने भन्दै कुनै पनि अप्रिय घटना भए त्यसको जिम्मा प्रधानमन्त्रीले लिनुपर्ने बताएका हुन् ।
उनले संविधानको उलंघन गर्दै प्रधानमन्त्रीले आफूहरु लक्षित उत्तेजक भाषण दिएर मान्छे भिडाएर युद्ध गर्न खोजेको आरोप लगाए ।
शान्तिबाटीकामा आफुहरुको कार्यक्रम शान्तिपूर्ण हुने उनले बताए । शाहीले आफूहरुको आन्दोलन सडक र सदनबाट निरन्तर अघि बढ्ने समेत उल्लेख गरे ।
उनले आफूहरुको पीएसओ हटाएको बिषयमा सरकारसंग सोध्न सञ्चारकर्मीलाई सुझाव दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण