संसद् बैठक
भोलि १ बजेसम्मका लागि सूचना टाँसेर प्रतिनिधिसभा बैठक स्थगित
बुधबार, १४ जेठ २०८२, १६ : २३
सारांश
- प्रतिनिधिसभाको बैठक भोलि बिहीबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ।
- विपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै बैठक अवरुद्ध पारेका छन्।
- भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नताको आशंका गर्दै विपक्षी दलले राजीनामाको माग गरेका हुन्।
काठमाडौँ । प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक सूचना टाँस गरेर भोलि बिहीबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । भोलि सरकारले संसदमा बजेट प्रस्तुत गर्दैछ ।
विपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै बैठक अवरुद्ध गर्दै आएका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नताको आशङ्का गर्दै विपक्षीले मन्त्री लेखकको राजीनामा र छानबिन समिति नबनेसम्म बैठक बस्न नदिने बताउँदै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण