शुक्रबार, १६ जेठ २०८२
ताजा लोकप्रिय
प्रदर्शन

राजावादीले शान्तिबाटिकामै प्रदर्शन गर्ने, २ बजेपछिको समय छुट्याइयो

बुधबार, १४ जेठ २०८२, २१ : ०७
बुधबार, १४ जेठ २०८२

समाचार सारांश

  • राजसंस्था पुनर्स्थापनाको माग गर्दै राजावादी समूहले काठमाडौंको शान्तिबाटिकामा प्रदर्शन गर्ने भएको छ।
  • जिल्ला प्रशासन कार्यालयले प्रदर्शनका लागि अनुमति दिएपछि बिहीबार दिउँसो २ बजे प्रदर्शन सुरु हुनेछ।
  • राप्रपाका अनुसार, प्रदर्शन अघि विभिन्न स्थानबाट र्‍याली निकालिनेछ र वर्तमान व्यवस्थालाई चुनौती दिइनेछ।

काठमाडौँ । राजावादी समूह ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ ले राजधानीको शान्तिबाटिका क्षेत्रमै प्रदर्शन गर्ने तय भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले आवश्यक सहजीकरण गरिदिएसँगै बिहीबार दिउँसो २ बजेदेखि शान्तिबाटिका क्षेत्रमा राजावादी समूहले प्रदर्शन गर्ने तय भएको हो । 

राप्रपाका प्रवक्ता सगुन सुन्दर लावतीले साढे १ बजेसम्म राजधानीका विभिन्न स्थानबाट र्याली निकालिने र शान्तिबाटिकामा भेला भएर २ बजेदेखि शान्तिपूर्ण प्रदर्शन सुरु गरिने बताए । 

राजावादी समूहले वर्तमान व्यवस्थालाई चुनौती दिँदै बिहीबारदेखि अनिश्चितकालीन आन्दोलनको घोषणा गरेको छ । सोही आन्दोलनका लागि यसअघि नै शान्तिबाटिकामा भेला भएर प्रदर्शन गर्ने राजावादी समूहले बताउँदै आएपनि एमालेको समेत सोही क्षेत्रमा प्रदर्शन हुने भएपनि अन्योलता हुँदै आएको थियो । 

तर, प्रशासनले एमालेले २ बजेसम्म प्रदर्शन गर्ने र त्यसपछि राजावादीलाई प्रदर्शनको समय उपलब्ध गराउने गरी समय उपलब्ध गराएको जिल्ला प्रशासन कार्यालय काठमाडौँका एक अधिकारीले जानकारी दिए । एमालेले भृकुटीमण्डप क्षेत्रमा गणतन्त्रको पक्षमा प्रदर्शन गर्दैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप