शुक्रबार, १६ जेठ २०८२
ताजा लोकप्रिय

नागढुंगा–नौबिसे सडकखण्डमा बस पल्टिँदा घण्टौँ जाम

बिहीबार, १५ जेठ २०८२, ०८ : १०
बिहीबार, १५ जेठ २०८२

काठमाडौँ । काठमाडौँको नागढुंगा–नौबिसे सडकखण्डमा बस पल्टिँदा सडक अवरुद्ध हुन पुगेको छ ।  दाङबाट काठमाडौँ आउँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ०१७७ नम्बरको बस आज बिहान पौने तीन बजेतिर सडकको नालीमा खसेको थियो । 

सो बसले सडकको केही भाग अवरुद्ध हुँदा बिहानैदेखि सडक जाम भएको हो । बसलाई हटाउन क्रेन पठाइएको र केही समयपछि बाटो खुलेर सामान्य अवस्थामा फर्किने प्रहरीले जानकारी दिएको छ । 

बसमा सवार दुई जना यात्रुलाई सिसाले काटेर घाइते भएका छन् । उनीहरूको नजिकैको स्वास्थ्य केन्द्रमा उपचार भएको प्रहरीले जानकारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप