प्रदर्शन स्थगित भएपछि के हुन्छ ‘महाभोज’ अग्रिम बुकिङको रकम ? .
सारांश
- बिहीबार प्रदर्शनमा आउन लागेको फिल्म 'महाभोज' गणतन्त्र दिवस र प्रदर्शनका कारण स्थगित गरियो।
- फिल्मको टिकट बुकिङ भइसकेको र केही बिक्री भए पनि, सङ्घका अध्यक्षका अनुसार टिकट फिर्ता हुनेछ।
- 'महाभोज' सहकारी पीडितको मुद्दामा आधारित दिनेश राउत निर्देशित फिल्म हो, जसमा आर्यन सिग्देल लगायतका कलाकार छन्।
काठमाडौँ । आज बिहीबारबाट स्वदेश तथा विदेशमा एकसाथ प्रदर्शनमा आउन लागेको फिल्म ‘महाभोज’को प्रदर्शन स्थगित भएको छ । गणतन्त्र दिवसको अवसर पारेर प्रदर्शनमा आउन लागेको फिल्म बिहीबार रहेको राजावादी र नेकपा एमालेको प्रदर्शन लगायत विभिन्न कारणले स्थगित गरिएको हो ।
निर्माण युनिटले बिहीबार एक विज्ञप्ति जारी गर्दै फिल्मको प्रदर्शन स्थगित गरेको थियो । फिल्मको प्रदर्शन स्थगित गर्नु अगाडि नै फिल्मको टिकट बुकिङ खुलिसकेको थियो भने केही टिकट समेत बिक्री भैसकेको थियो । तर फिल्मको प्रदर्शन स्थगित भए पनि बिक्री भएका टिकट के हुन्छ ? दर्शकमा अन्योल रहेको छ ।
चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र महर्जन फिल्मको प्रदर्शन स्थगित भएको अवस्थामा बिक्री भएको टिकट फिर्ता हुने बताउँछन् । ‘फिल्मको टिकट खल्तीबाट काटिएको भए, त्यहीबाट फिर्ता हुन्छ’, महर्जन भन्छन् ‘अन्यबाट कटिएको पनि फिर्ता हुन्छ ।’
फिल्मको रिलिज स्थगित भएपछि देशभरका हलले शोज समेत हटाएका छन् । दिनेश राउत निर्देशित ‘महाभोज’ सहकारी पीडितको मुद्दामा बनेको फिल्म हो । फिल्ममा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली लगायत कलाकारको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण