शनिबार, १७ जेठ २०८२
ताजा लोकप्रिय

९९ प्रतिशत नागरिकसम्म पुग्यो बिजुलीको पहुँच

बिहीबार, १५ जेठ २०८२, १४ : २२
बिहीबार, १५ जेठ २०८२

काठमाडौं । नेपालमा विद्युतकाे पहुँच ९९ प्रतिशत पुगेको छ । बिहीबार उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै सरकारले नेपालमा विद्युतको पहुँच ९९ प्रतिशत पुगेको बताएका हुन् । 

उनले नेपालमा कुल जडित विद्युत् क्षमता ३६ सय २ मेगावाट पुगेको पनि बताए । नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले पनि ९९ प्रतिशत नागरिकमा विद्युत् पहुँच पुगेको बताएका थिए । 

तर,कुलमान घिसिङ बर्खास्तीमा परेपछि प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ल्याएको श्वेतत्रमा ८५ प्रतिशत नागरिकसम्म मात्रै विद्युत् पहुँच पुगेको तथ्याङ्क सार्वजनिक गरेका थिए । श्वेतपत्रमा पालिकाको आधारमा ९५ प्रतिशत जनसंख्यामा विद्युत् पहुँच पुगेको उल्लेख गरिएको थियो । 

अर्थमन्त्री पौडेलले प्रस्तुत गरेको आर्थिक सर्वेक्षणले कुलमानको तथ्याङ्कलाई मान्यता दिँदै वैकल्पिक ऊर्जासहित ९९ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगेको उल्लेख गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप