९९ प्रतिशत नागरिकसम्म पुग्यो बिजुलीको पहुँच
काठमाडौं । नेपालमा विद्युतकाे पहुँच ९९ प्रतिशत पुगेको छ । बिहीबार उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै सरकारले नेपालमा विद्युतको पहुँच ९९ प्रतिशत पुगेको बताएका हुन् ।
उनले नेपालमा कुल जडित विद्युत् क्षमता ३६ सय २ मेगावाट पुगेको पनि बताए । नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले पनि ९९ प्रतिशत नागरिकमा विद्युत् पहुँच पुगेको बताएका थिए ।
तर,कुलमान घिसिङ बर्खास्तीमा परेपछि प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ल्याएको श्वेतत्रमा ८५ प्रतिशत नागरिकसम्म मात्रै विद्युत् पहुँच पुगेको तथ्याङ्क सार्वजनिक गरेका थिए । श्वेतपत्रमा पालिकाको आधारमा ९५ प्रतिशत जनसंख्यामा विद्युत् पहुँच पुगेको उल्लेख गरिएको थियो ।
अर्थमन्त्री पौडेलले प्रस्तुत गरेको आर्थिक सर्वेक्षणले कुलमानको तथ्याङ्कलाई मान्यता दिँदै वैकल्पिक ऊर्जासहित ९९ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगेको उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण