सार्वजनिक संस्थान सञ्चालनमा अर्थ मन्त्रालय अब्बल

काठमाडौँ । सार्वजनिक संस्थान सञ्चालनमा अर्थ मन्त्रालय अब्बल देखिएको छ । अर्थ मन्त्रालयले प्रस्तुत गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा अनुसार मन्त्रालय अन्तर्गतका १० सार्वजनिक संस्थान सबै नाफामा देखिएको हो । यी संस्थानले १५ अर्ब १६ करोड रुपैयाँ बराबरको नाफा कमाएको देखिएको छ ।
यसमध्ये कृषि विकास बैङ्कको २ अर्ब ८९ करोड, राष्ट्रिय वाणिज्य बैङ्क २ अर्ब ५५ करोड, निक्षेप तथा कर्जा सुरक्षण कोष ४ अर्ब ६५ करोड, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलभमेन्ट कम्पनी १ अर्ब ४५ करोड नेपाल स्टक एक्सचेञ्ज १ अर्ब १८ करोड तथा नागरिक लगानी कोष १ अर्ब १५ करोड नाफामा रहेका छन् । नेपाल बैङ्कले भने २ करोड मात्रै नाफा कमाएको छ ।
त्यसबाहेक अन्य संस्थान पनि नाफामा छन् । मन्त्रालयको विवरण अनुसार नेपालको पूर्ण वा अधिकांश स्वामित्वमा रहेका सार्वजनिक स।स्थानमध्ये २८ वटा संस्थान नाफामा, १५ वटा नोक्सानमा र २ वटा बन्द अवस्थामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी राजमार्ग बाढीले बगायो, यातायात अवरुद्ध
-
बजेट र कार्यक्रममा समान व्यवहार गर्न समानुपातिक सांसदहरूको माग
-
प्रकृति र संस्कृतिले पर्यटक तानिरहेको मुस्ताङ (तस्बिरहरू)
-
बुढीगण्डकी जलविद्युत आयोजनाको हत्या गरियो : डा. भट्टराई
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
दिव्या भारती : १९ वर्षको उमेरमा बलिउडको शिखर चुम्ने अभिनेत्री