सार्वजनिक संस्थान सञ्चालनमा अर्थ मन्त्रालय अब्बल
काठमाडौँ । सार्वजनिक संस्थान सञ्चालनमा अर्थ मन्त्रालय अब्बल देखिएको छ । अर्थ मन्त्रालयले प्रस्तुत गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा अनुसार मन्त्रालय अन्तर्गतका १० सार्वजनिक संस्थान सबै नाफामा देखिएको हो । यी संस्थानले १५ अर्ब १६ करोड रुपैयाँ बराबरको नाफा कमाएको देखिएको छ ।
यसमध्ये कृषि विकास बैङ्कको २ अर्ब ८९ करोड, राष्ट्रिय वाणिज्य बैङ्क २ अर्ब ५५ करोड, निक्षेप तथा कर्जा सुरक्षण कोष ४ अर्ब ६५ करोड, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलभमेन्ट कम्पनी १ अर्ब ४५ करोड नेपाल स्टक एक्सचेञ्ज १ अर्ब १८ करोड तथा नागरिक लगानी कोष १ अर्ब १५ करोड नाफामा रहेका छन् । नेपाल बैङ्कले भने २ करोड मात्रै नाफा कमाएको छ ।
त्यसबाहेक अन्य संस्थान पनि नाफामा छन् । मन्त्रालयको विवरण अनुसार नेपालको पूर्ण वा अधिकांश स्वामित्वमा रहेका सार्वजनिक स।स्थानमध्ये २८ वटा संस्थान नाफामा, १५ वटा नोक्सानमा र २ वटा बन्द अवस्थामा छन् ।

Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण