पोखराको खानेपानी ड्याममा डुबेर २ बालकको मृत्यु
बिहीबार, १५ जेठ २०८२, १६ : ०८

पोखरा । पोखरामा आउने खानेपानीको ड्याममा डुबेर २ बालकको मृत्यु भएको छ । पोखरा २५ स्थित मर्दी खोलाको ड्याममा पौडी खेल्ने क्रममा बेपत्ता भएका उनीहरू मृत भेटिएका हुन् ।
दुवै जनाको शव बिहीबार दिउँसो सशस्त्र प्रहरी बलको गोताखोर टोलीले निकालेको छ । ज्यान गुमाउनेमा माछापुच्छ्रे गाउँपालिका–६ का १४ वर्षीय विशाल परियार र १३ वर्षीय विवश परियार छन् ।
उनीहरू दिउँसो पौने २ बजे खोलामा पौडी खेल्ने क्रममा डुबेका थिए । घटनाको जानकारी पाएपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण, कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक दीपेन्द्र कटवालको नेतृत्वमा खटिएको टोली घटनास्थल पुगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र यातायात व्यवसायीबिचको वार्ता निष्कर्षविहीन
-
चिडियाखानाको रेडपाण्डा चोर्न खोजेको आरोपमा दुई जना पक्राउ
-
कमलादीको दीप प्रज्वलनमा हिमानीदेखि हृदयेन्द्रसम्म (तस्बिरहरू)
-
नेपालसामु जितका लागि २ सय ९७ रनको लक्ष्य
-
निजामती विधेयकमा कर्मचारी संगठनहरूको विरोध, भाेलि संसद् गेट अगाडि धर्ना दिने
-
सशस्त्र प्रहरीका झन्डै २ हजार कर्मचारीको बढुवा हुँदै