पश्चिम बंगालविरुद्ध खनिए मोदी, काम गर्न नदिएको आरोप
नयाँ दिल्ली । पश्चिम बंगाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अलीपुरद्वारमा आयोजित एक जनसभामा ममता बेनर्जी सरकारमाथि सीधा प्रहार गरेका छन् ।
देशभर ७० वर्ष माथिका वृद्धवृद्धाहरूलाई ५ लाख रुपैयाँसम्मको निःशुल्क उपचारको सुविधा मिलिरहेको तर पश्चिम बंगाल सरकारले यो काम गर्न नदिएको उनले आरोप लगाए ।
मोदीले र्यालीमा ‘अपरेसन सिन्दूर’ बारे पनि उल्लेख गरे। उनले पाकिस्तानलाई चेतावनी दिँदै भने, ‘पाकिस्तानलाई तीन पटक घरमै पसेर कारबाही गरेका छौं। अपरेसन सिन्दुर अझै समाप्त भएको छैन।’
सेनाले ‘सिन्दूर’को शक्तिको अनुभूति गरायो
प्रधानमन्त्री मोदीले आफ्नो भाषणको क्रममा राष्ट्रिय सुरक्षाको सन्देश पनि कडा ढंगले प्रस्तुत गरे। उनले भने, ‘आतंककारीहरुले हाम्रा दिदीबहिनीहरूको सिन्दूर मेटाउने प्रयास गरे, तर हाम्रा सैनिकहरूले उनीहरूलाई सिन्दूरको शक्ति के हो भन्ने कुरा अनुभूति गराइदिए।’
बंगाल सरकारको संकटबारे मोदीले बताए
बंगालले पाँच संकटहरू सामना गरिरहेको उनले त्यहाँ बताएका थिए । जसमा समाजमा फैलिएको हिंसा र अराजकता, आमाहरू–दिदीबहिनीहरूको सुरक्षाको संकट, उनीहरूमाथि भइरहेका जघन्य अपराधहरूको संकट, युवाहरूमा फैलिँदो गहिरो निराशा, चरम बेरोजगारीको संकट, गहिरो भ्रष्टाचार र राज्यको प्रणालीमा जनविश्वासको ह्रास र गरिबहरूको हक खोस्ने सत्तारूढ पार्टीको स्वार्थी राजनीतिबाट उत्पन्न संकट उनले बताए ।
साथै मोदीले ममता सरकारले शिक्षकहरूको जीवन नष्ट गराएको पनि आरोप लगाए । भने, ‘युवा, गरिब र मध्यम वर्गीय परिवारहरू भ्रष्टाचारको मारमा छन्। हामीले देखेका छौं कि भ्रष्टाचार कसरी विनाशतर्फ लैजान्छ ।’
उनले पश्चिम बंगालको शिक्षक भर्ती घोटालाबारे पनि बताए ।
टीएमसी सरकारले हजारौं शिक्षक र उनीहरूको परिवारहरूको भविष्य नष्ट गरेको भन्दै उनले यो केही हजार शिक्षकहरूको विनाश मात्र नभई सम्पूर्ण शिक्षा प्रणाली नै बिग्रिरहेको दाबी गरे ।
मोदीले टीएमसीले चिया बगानका मजदुरहरूलाई पनि नछोडेको आरोप लगाए । राज्य सरकारका गलत नीतिहरूका कारण धेरै चिया बगानहरू बन्द हुँदै गएका र राज्य सरकारले मजदुरहरूको मेहनतको कमाइ लुट्ने प्रयास गरिरहेको जस्ता आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
-
कुशलको नाममा अर्को शतक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण