बजेटमा यस्ता छन् कृषि तथा पशुपन्छी क्षेत्रका प्राथमिकता
सारांश
- आगामी आर्थिक वर्षको बजेटमा कृषि तथा पशुपन्छी विकासका लागि ५७ अर्ब ४८ करोड रुपैयाँ विनियोजन।
- रासायनिक मल खरिदमा अनुदान, जैविक मलमा प्रोत्साहन, र कृषि हानिकारक वन्यजन्तु नियन्त्रण कार्यक्रमहरू समावेश छन्।
- फलफूल, तरकारी, भेडा/बाख्रा, र गाई/भैँसी प्रवर्द्धन, साथै रैथाने बाली र बीउको जात दर्तालाई प्राथमिकता दिइएको छ।
काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदमा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा कृषि तथा पशुपन्छी विकासतर्फ कुल ५७ अर्ब ४८ करोड रुपैयाँ विनियोजन गरिएको छ। जसमा रासायनिक मल खरिदमा अनुदान, प्राङ्गारिक मलमा किसानलाई प्रोत्साहन देखि बाँदर लगायतका कृषि हानिकारक वन्यजन्तु नियन्त्रणका लागि पाइलट कार्यक्रम सम्मका योजनाहरू रहेका छन् ।
कृषि, पशुपन्छी र मत्स्य बिमा कार्यक्रम, चैते धान प्रवर्द्धन कार्यक्रम ,साना सिँचाइमार्फत सिँचित क्षेत्र विस्तार कार्यक्रम, मध्य पहाडी लगायत प्रमुख राजमार्ग र रोड कोरिडोर लक्षित राष्ट्रिय फल सुन्तला ,व्यावसायिक फलफूल ,तरकारी र भेडा/ बाख्रा र गाई/ भैँसी प्रवर्द्धन कार्यक्रमलाई प्राथमिकता दिइएको छ ।
त्यस्तै उच्च पहाड लक्षित सुन्तला, स्याउ, ओखर, याक ,चौँरी प्रवर्द्धन, हिउँदे मकै/मध्य पहाडी मकै उत्पादन र मकै बीउ उत्पादन कार्यक्रम, रैथाने बाली प्रवर्द्धन कार्यक्रम, स्थानीय तथा रैथाने बाली÷बीउको जात दर्ता सहजीकरण कार्यक्रम, कृषि जैविक विविधता संरक्षण तथा सामुदायिक बीउ बैक सुदृढीकरण कार्यक्रम, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रममार्फत जोन÷ सुपर जोन क्षेत्रमा क्षेत्रफल विस्तार र उत्पादन वृद्धि कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ ।
त्यसैगरी प्राङ्गारिक कृषि प्रवर्द्धन र माटो स्वास्थ्य सुधार अभियान सञ्चालन गर्ने, कृषि उद्यमशीलतालाई प्रवर्द्धन गर्ने , मासु निर्यातका लागि पाडा÷पाडी पालन र भैँसी÷राँगा उत्पादन प्रवर्द्धन कार्यक्रम, महामारीजन्य पशु रोग र खोरेत रोग नियन्त्रण कार्यक्रम र पशुनश्ल सुधारलाई बजेटले प्राथमिकता दिएको छ ।
किसान सूचीकरण कार्यक्रम, स्थानीय तहमा प्राविधिक जनशक्ति व्यवस्थापनका लागि एक गाउँ एक प्राविधिक कार्यक्रम, विषादी चेकजाँचको दायरा विस्तार र विषादी प्रयोग सम्बन्धी सचेतना कार्यक्रम, बुटवलस्थित सेमलारमा क्षेत्रीयस्तरको आधुनिक कृषि बजार निर्माण, सङ्घीय कृषि बजारहरूको स्तरोन्नति र स्थानीय तहहरूमा कृषि उपज हाटबजार, सङ्कलन केन्द्र, कोल्ड चेम्बर तथा प्रशोधन संरचना निर्माण, बालीको न्यूनतम समर्थन मूल्य निर्धारण र कार्यान्वयन, बीउ विजन उत्पादन,आपूर्ति तथा वितरण व्यवस्थापन कार्यक्रम, निर्यातजन्य बाली वस्तुहरू जस्तै: चिया , कफी,अलैँची, छुर्पी, आदिको उत्पादन वृद्धि, प्राङ्गारिक प्रमाणीकरण र निर्यात सहजीकरण गर्ने, कृषि, पशुपन्छी र खाद्य प्रयोगशालाको स्तरोन्नति गर्ने, बाँझो जमिन सदुपयोग गर्ने जस्ता कार्यक्रमलाई बजेटले प्राथमिकतामा राखेको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण