शनिबार, १७ जेठ २०८२
ताजा लोकप्रिय

जनवरीयता अमेरिकाले डिपोर्ट गर्‍यो हजारभन्दा धेरै भारतीय

शुक्रबार, १६ जेठ २०८२, १३ : २९
शुक्रबार, १६ जेठ २०८२

समाचार सारांश

  • अमेरिकी विदेश मन्त्रालयका अनुसार जनवरीदेखि अहिलेसम्म अमेरिकाले १ हजारभन्दा बढी भारतीयलाई फिर्ता पठाएको छ।
  • प्रवक्ताका अनुसार डिपोर्ट गरिएकामध्ये ६२ प्रतिशत व्यवसायीक उडानमार्फत आएका थिए, तर थप विवरण खुलाइएको छैन।
  • डोनाल्ड ट्रम्पको कार्यकालमा कागजपत्रविहीन आप्रवासीलाई डिपोर्ट गर्ने अभियान चलिरहेको छ, भारत र अमेरिकाबीच यस विषयमा सहकार्य छ।

नयाँ दिल्ली । भारतीय विदेश मन्त्रालयका अनुसार जनवरीयता अमेरिकाले एक हजारभन्दा धेरै भारतीयलाई स्वदेश फिर्ता पठाएको छ । 

 मन्त्रालयका प्रवक्ता रणधीर जयसवालका अनुसार यसरी डिपोर्ट भएकामध्ये ६२ प्रतिशत व्यवसायीक उडानमा आएका थिए । यद्यपि उनीहरूको थप विवरण दिइएको छैन । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दोहोर्‍याएर ह्वाइट हाउस छिरेपछि कागजपत्रविहीन आप्रवासीलाई डिपोर्ट गर्ने अभियान चलाइरहेका छन् । 

यस्तो पृष्ठभूमिका जयसवालले आप्रवासीको मामिलामा भारत र अमेरिकाबिच निकट सहकार्य रहेको दाबी गरे । यसरी फिर्ता पठाएका नागरिकलाई लिनुअघि भारतले उनीहरूको नागरिकता प्रमाणित गर्ने गरेको पनि उनले बताए । 

अमेरिकाले अहिलेसम्म आफ्नो देशमा गैरकानूनी रूपमा बस्दै आएका १८ हजार भारतीय नागरिकको पहिचान गरेको छ । यो महिनाको सुरुमा भारतस्थित अमेरिकी दूतावासले भिसामा तोकिएको म्याद सकिएपछि पनि अमेरिकामा बस्दा वा गैर कानुनी रूपमा अमेरिका छिरेकाहरूलाई डिपोर्टमा परिने वा अमेरिका प्रवेशमा स्थायी रोक लाग्न सक्ने चेतावनी दिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप