जनवरीयता अमेरिकाले डिपोर्ट गर्यो हजारभन्दा धेरै भारतीय
सारांश
- अमेरिकी विदेश मन्त्रालयका अनुसार जनवरीदेखि अहिलेसम्म अमेरिकाले १ हजारभन्दा बढी भारतीयलाई फिर्ता पठाएको छ।
- प्रवक्ताका अनुसार डिपोर्ट गरिएकामध्ये ६२ प्रतिशत व्यवसायीक उडानमार्फत आएका थिए, तर थप विवरण खुलाइएको छैन।
- डोनाल्ड ट्रम्पको कार्यकालमा कागजपत्रविहीन आप्रवासीलाई डिपोर्ट गर्ने अभियान चलिरहेको छ, भारत र अमेरिकाबीच यस विषयमा सहकार्य छ।
नयाँ दिल्ली । भारतीय विदेश मन्त्रालयका अनुसार जनवरीयता अमेरिकाले एक हजारभन्दा धेरै भारतीयलाई स्वदेश फिर्ता पठाएको छ ।
मन्त्रालयका प्रवक्ता रणधीर जयसवालका अनुसार यसरी डिपोर्ट भएकामध्ये ६२ प्रतिशत व्यवसायीक उडानमा आएका थिए । यद्यपि उनीहरूको थप विवरण दिइएको छैन ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दोहोर्याएर ह्वाइट हाउस छिरेपछि कागजपत्रविहीन आप्रवासीलाई डिपोर्ट गर्ने अभियान चलाइरहेका छन् ।
यस्तो पृष्ठभूमिका जयसवालले आप्रवासीको मामिलामा भारत र अमेरिकाबिच निकट सहकार्य रहेको दाबी गरे । यसरी फिर्ता पठाएका नागरिकलाई लिनुअघि भारतले उनीहरूको नागरिकता प्रमाणित गर्ने गरेको पनि उनले बताए ।
अमेरिकाले अहिलेसम्म आफ्नो देशमा गैरकानूनी रूपमा बस्दै आएका १८ हजार भारतीय नागरिकको पहिचान गरेको छ । यो महिनाको सुरुमा भारतस्थित अमेरिकी दूतावासले भिसामा तोकिएको म्याद सकिएपछि पनि अमेरिकामा बस्दा वा गैर कानुनी रूपमा अमेरिका छिरेकाहरूलाई डिपोर्टमा परिने वा अमेरिका प्रवेशमा स्थायी रोक लाग्न सक्ने चेतावनी दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण