शनिबार, १७ जेठ २०८२
ताजा लोकप्रिय

समुद्र तट र पार्कमा धूम्रपान निषेध गर्दैछ फ्रान्स

शुक्रबार, १६ जेठ २०८२, १४ : १३
शुक्रबार, १६ जेठ २०८२

समाचार सारांश

  • फ्रान्सले बालबालिकाहरू धेरै जाने सार्वजनिक स्थलहरूमा धूम्रपानमा रोक लगाउने भएको छ। यो नियम जुलाई १ देखि लागू हुनेछ।
  • यो प्रतिबन्ध समुद्री तट, पार्क, सार्वजनिक उद्यान, विद्यालयको बाहिरी क्षेत्र, बस स्टप र खेलकुद प्रतियोगितामा समेत लागू हुनेछ।
  • नियम उल्लंघन गर्नेलाई १३५ युरो जरिवाना लाग्नेछ। विद्युतीय चुरोटलाई छुट दिइएको छ तर निकोटिनको मात्रा सीमित गरिनेछ।

पेरिस । फ्रान्सले बालबालिकाहरू धेरै जाने आउटडोरका ठाउँमा समेत धूम्रपानमा रोक लगाउने भएको छ । त्यहाँकी स्वास्थ्य तथा परिवार मन्त्री क्याथरिन भौत्रिनले यस्तो बताएकी हुन् । यो प्रतिबन्ध जुलाई १ देखि लागू हुनेछ । 

प्रतिबन्ध, समुद्री तट, पार्क, सार्वजनिक उद्यान, विद्यालयको बाहिरी क्षेत्र, बस स्टप र खेलकुद प्रतियोगितामा समेत लागू हुने बताइएको छ । ‘बालबालिकाहरू भएका ठाउँबाट चुरोट विलुप्त हुनैपर्छ’ भौत्रिनले एक अन्तरवार्तामा भनेकी छिन् ।

बालबालिकाहरूले ताजा हावामा सास लिन पाउनुपर्ने स्वतन्त्रता सुरु भएपछि धूम्रपान गर्न पाउनुपर्ने स्वतन्त्रता अन्त्य हुनुपर्ने पनि भौत्रिनले बताइन् । यो प्रतिबन्धमा क्याफे र बारको कौशीलाई भने छुट दिइएको छ ।

यो नियम तोड्नेले १३५ युरो जरिवाना तिर्नुपर्नेछ । यो प्रतिबन्धमा विद्युतीय सिगरेटलाई छुट दिइएको छ । तर यस्ता सिगरेटमा हुने निकोटिनको मात्रा सीमित गर्न आफूले काम गरिरहेको उनले बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप