समुद्र तट र पार्कमा धूम्रपान निषेध गर्दैछ फ्रान्स
सारांश
- फ्रान्सले बालबालिकाहरू धेरै जाने सार्वजनिक स्थलहरूमा धूम्रपानमा रोक लगाउने भएको छ। यो नियम जुलाई १ देखि लागू हुनेछ।
- यो प्रतिबन्ध समुद्री तट, पार्क, सार्वजनिक उद्यान, विद्यालयको बाहिरी क्षेत्र, बस स्टप र खेलकुद प्रतियोगितामा समेत लागू हुनेछ।
- नियम उल्लंघन गर्नेलाई १३५ युरो जरिवाना लाग्नेछ। विद्युतीय चुरोटलाई छुट दिइएको छ तर निकोटिनको मात्रा सीमित गरिनेछ।
पेरिस । फ्रान्सले बालबालिकाहरू धेरै जाने आउटडोरका ठाउँमा समेत धूम्रपानमा रोक लगाउने भएको छ । त्यहाँकी स्वास्थ्य तथा परिवार मन्त्री क्याथरिन भौत्रिनले यस्तो बताएकी हुन् । यो प्रतिबन्ध जुलाई १ देखि लागू हुनेछ ।
प्रतिबन्ध, समुद्री तट, पार्क, सार्वजनिक उद्यान, विद्यालयको बाहिरी क्षेत्र, बस स्टप र खेलकुद प्रतियोगितामा समेत लागू हुने बताइएको छ । ‘बालबालिकाहरू भएका ठाउँबाट चुरोट विलुप्त हुनैपर्छ’ भौत्रिनले एक अन्तरवार्तामा भनेकी छिन् ।
बालबालिकाहरूले ताजा हावामा सास लिन पाउनुपर्ने स्वतन्त्रता सुरु भएपछि धूम्रपान गर्न पाउनुपर्ने स्वतन्त्रता अन्त्य हुनुपर्ने पनि भौत्रिनले बताइन् । यो प्रतिबन्धमा क्याफे र बारको कौशीलाई भने छुट दिइएको छ ।
यो नियम तोड्नेले १३५ युरो जरिवाना तिर्नुपर्नेछ । यो प्रतिबन्धमा विद्युतीय सिगरेटलाई छुट दिइएको छ । तर यस्ता सिगरेटमा हुने निकोटिनको मात्रा सीमित गर्न आफूले काम गरिरहेको उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण