नन्द कुमारले दिए नागरिक उन्मुक्ति पार्टीबाट राजीनामा
सारांश
- नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य नन्द कुमार रानाले पार्टी परित्याग गरेका छन्। उनले पार्टी स्थापनाको उद्देश्यबाट विचलन भएको आरोप लगाए।
- राजीनामा पत्रमा रानाले पार्टी पद र सत्ताका लागि केन्द्रित भएको र सीमान्तकृत समुदायको अधिकारका लागि भूमिका खेल्न नसकेको बताए।
- रानाले पार्टीको नैतिक मूल्य र राजनीतिक संस्कारसँग मेल नखाने गतिविधि भएको भन्दै पार्टीका सम्पूर्ण जिम्मेवारीबाट मुक्त भएको घोषणा गरे।
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य तथा कञ्चनपुर जिल्ला अध्यक्ष नन्द कुमार रानाले पार्टी परित्याग गरेका छन् ।
उनले जेठ १५ गते पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई सम्बोधन गर्दै पठाएको राजीनामा पत्रमा नागरिक उन्मुक्ति पार्टी स्थापना समयमा लिएको राजनीतिक मर्म र उद्देश्यबाट विचलन भएको गम्भीर आरोप लगाएका छन् ।
“भौगोलिक र सांस्कृतिक पहिचानसहितको संघीयताको मूल मर्मलाई बिर्सिएर पार्टी परम्परागत संसदीय दलको सिकोमा पद, प्रतिष्ठा र सत्ताकै लागि केन्द्रित हुँदै गएको छ,” राजीनामा पत्रमा उल्लेख गरिएको छ, “यसले सीमान्तकृत समुदायको स्वतन्त्रता, पहिचान र समृद्धिका पक्षमा आशा गरिएको भूमिका खेल्न सकेन ।”
रानाले आफू लामो समयदेखि उत्पीडित र उपेक्षित समुदायको अधिकारका लागि संघर्ष गर्दै आएको उल्लेख गर्दै पछिल्ला गतिविधिहरू पार्टीको नैतिक मूल्य र राजनीतिक संस्कारसँग मेल नखाने भएकाले अब पार्टीमा रहन नसक्ने निर्णयमा पुगेको बताएका छन् ।
राजीनामा पत्रमा उनले पार्टीका सम्पूर्ण जिम्मेवारी–केन्द्रीय सदस्य, कञ्चनपुर जिल्ला अध्यक्ष तथा साधारण सदस्यता–परित्याग गरेको स्पष्ट उल्लेख गरेका छन् । “पार्टीमा मलाई दिइएको जिम्मेवारीका लागि धन्यवाद व्यक्त गर्दछु,” पत्रको अन्त्यमा लेखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण