अर्थमन्त्री विष्णु पौडेललाई प्रश्न : बजेटमा सांसद विकास कोष कहाँनिर छ ?
काठमाडौँ। बिहीबार सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गरेको छ । १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको सरकारले यसपटक सांसदका लागि बजेट छुट्याएको विषय उल्लेख गरेन ।
बजेट वक्तव्यअघि निर्वाचन क्षेत्र स्थानीय विकास साझेदारी कार्यक्रम, सांसद विकास कोष, निर्वाचन क्षेत्र रणनीतिक कार्यक्रम लगायतका नामबाट सांसदले योजना छान्न पाउने व्यवस्था गर्दै आएको सरकारले यसपटक यो विषय उल्लेख नै गरेको छैन ।
सरकारले यतिबेला संसद्मा बजेट प्रस्तुत गरेको छ । बजेट वक्तव्यमा यो विषय समावेश नभएको भएपनि बजेटमा कहिँकतै सांसदलाई दिने बजेटबारे उल्लेख भएको छ भन्ने आशङ्का हुँदै आएको छ ।
यही अवस्था शुक्रबार अर्थ मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा पनि देखियो । कार्यक्रममा उपस्थित अर्थमन्त्रीलाई प्रश्न सोधियो– बजेटमा सांसद विकास कोषको लागि पैसा छुट्याइएको छ कि छैन ?
पत्रकारले चाहेका सबै प्रश्नको सम्बन्धित विभागीय प्रमुखबाट अर्थमन्त्रीले जवाफ दिन लगाएका थिए । त्यसपछि छुटेका कुराहरू र आफूसँग सम्बन्धित प्रश्न आफैँ अर्थमन्त्रीले जवाफ दिएका थिए । यो प्रश्नको पनि अर्थमन्त्री आफैँले जवाफ दिए ।
तर, जवाफ प्रस्ट भने थिएन । सबै जवाफ दिएपछि उनले भने – ‘मैले मात्रै सबै जवाफ के दिने, पत्रकार साथीहरूले पनि सहयोग गर्नुहोस्, बजेटमा सांसद विकास कोषको पैसा कहाँनिर छ खोजेर मलाई सहयोग गरिदिनुहोस् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
-
नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा खतिवडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण