आइतबार, १८ जेठ २०८२
ताजा लोकप्रिय
प्रहरी प्रशासन

झन्डै तीन महिनापछि बल्ल कर्णालीमा डीआईजीको पोस्टिङ

शुक्रबार, १६ जेठ २०८२, १७ : १०
शुक्रबार, १६ जेठ २०८२

समाचार सारांश

  • डीआईजी माधव श्रेष्ठलाई कर्णाली प्रदेश प्रहरी कार्यालय प्रमुखमा पदस्थापन गरिएको छ। यो पद झन्डै तीन महिनादेखि रिक्त रहेको थियो।
  • डीआईजी जनक भट्टराई एआइजीमा बढुवा भएपछि यो पद खाली भएको थियो र निमित्त प्रमुखले काम चलाइरहेका थिए।
  • गृह मन्त्रालयले डीआईजीहरूको सरुवा गर्दा कर्णालीमा जान नमानेका कारण कसैलाई पनि पठाइएको थिएन।

काठमाडौँ । झन्डै तीन महिनादेखि रिक्त रहेको कर्णाली प्रदेश प्रहरी कार्यालय प्रमुखमा भर्खर बढुवा भएका प्रहरी नायब महानिरीक्षक ( डीआईजी ) माधव श्रेष्ठको पोस्टिङ भएको छ । बढुवा भएका डीआइजी श्रेष्ठको आजको पदस्थापनमा कर्णाली प्रदेश प्रहरी कार्यालय प्रमुखमा पदस्थापन गरिएको हो । 

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआइजी जनक भट्टराई २२ फागुनमा एआइजी भएपछि रिक्त भएको पद आजसम्म खाली थियो र निमित्त प्रमुखको भरमा चलेको थियो । 

गृह मन्त्रालयले वैशाख २१ गते सात डीआईजीको सरुवा गर्दा कर्णालीमा जान नमानेको भन्दै कसैलाई पनि पठाइएको थिएन । त्यो बेला कर्णाली बाहेक ६ प्रदेशका प्रहरी प्रमुख हेरफेर गरिएको थियो । 

कर्णालीमा कमान्ड एसएसपी शिवकुमार श्रेष्ठ निमित्त प्रमुख भएर चलाइरहेका थिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप