प्रहरी प्रशासन
झन्डै तीन महिनापछि बल्ल कर्णालीमा डीआईजीको पोस्टिङ
शुक्रबार, १६ जेठ २०८२, १७ : १०
सारांश
- डीआईजी माधव श्रेष्ठलाई कर्णाली प्रदेश प्रहरी कार्यालय प्रमुखमा पदस्थापन गरिएको छ। यो पद झन्डै तीन महिनादेखि रिक्त रहेको थियो।
- डीआईजी जनक भट्टराई एआइजीमा बढुवा भएपछि यो पद खाली भएको थियो र निमित्त प्रमुखले काम चलाइरहेका थिए।
- गृह मन्त्रालयले डीआईजीहरूको सरुवा गर्दा कर्णालीमा जान नमानेका कारण कसैलाई पनि पठाइएको थिएन।
काठमाडौँ । झन्डै तीन महिनादेखि रिक्त रहेको कर्णाली प्रदेश प्रहरी कार्यालय प्रमुखमा भर्खर बढुवा भएका प्रहरी नायब महानिरीक्षक ( डीआईजी ) माधव श्रेष्ठको पोस्टिङ भएको छ । बढुवा भएका डीआइजी श्रेष्ठको आजको पदस्थापनमा कर्णाली प्रदेश प्रहरी कार्यालय प्रमुखमा पदस्थापन गरिएको हो ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआइजी जनक भट्टराई २२ फागुनमा एआइजी भएपछि रिक्त भएको पद आजसम्म खाली थियो र निमित्त प्रमुखको भरमा चलेको थियो ।
गृह मन्त्रालयले वैशाख २१ गते सात डीआईजीको सरुवा गर्दा कर्णालीमा जान नमानेको भन्दै कसैलाई पनि पठाइएको थिएन । त्यो बेला कर्णाली बाहेक ६ प्रदेशका प्रहरी प्रमुख हेरफेर गरिएको थियो ।
कर्णालीमा कमान्ड एसएसपी शिवकुमार श्रेष्ठ निमित्त प्रमुख भएर चलाइरहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण