बढुवा भएका ११ डीआईजीको पदस्थापन, कसले पाए कहाँको जिम्मेवारी ? (सूचीसहित)

समाचार सारांश
- गृह मन्त्रालयको निर्णय अनुसार ११ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) हरूको बढुवा भएको छ।
- बढुवा भएका डीआईजीहरूको पदस्थापन तथा काज शुक्रबार प्रहरी प्रधान कार्यालयले जनाएको छ।
- डीआईजी सुदर्शन प्रसाद कोइराला विशेष ब्युरोमा र अन्य विभिन्न निर्देशनालय तथा प्रदेशमा पदस्थापन भएका छन्।
काठमाडौँ । ११ प्रहरी नायव महानिरीक्षक (डीआईजी)को बढुवा भएको छ । गृहमन्त्रीस्तरीय निर्णयअनुसार बढुवा भएसँगै उनीहरूको पदस्थापन तथा काज गरिएको प्रहरी प्रधान कार्यालयले शुक्रबार जनाएको छ ।
जसअनुसार डीआईजी सुदर्शन प्रसाद कोइरालाको प्रहरी प्रधान कार्यालय विशेष ब्युरोमा पदस्थापन भएको छ । यस्तै विनोद घिमिरेको महानिरीक्षकको सचिवालय, दीपेन्द्र घर्ती क्षेत्रीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, दीपक रेग्मीको अन्वेषण योजना तथा विकास निर्देशनालयमा पदस्थापन भएको छ ।
यसैगरी माधव प्रसाद श्रेष्ठको कर्णाली प्रदेश, दिलीप सिंह देउवाको अपराध अनुसन्धान विभाग महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालय, दीपक कुमार बस्नेतको प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभाग, ओम बहादुर रानाको अख्तियार, जयराज सापकोटाको कार्यविभाग, सञ्जीव शर्मा दासको अपराध अनुसन्धान विभाग अपराध अनुसन्धान निर्देशनालय र सुरेन्द्र बहादुर गुरुङको साइबर ब्युरोमा पदस्थापन भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डाइभर्सन बनाएर ‘एसियन हाइवे’ सञ्चालनमा
-
रुससँग सीमा जोडिएका युक्रेनका ११ गाउँ खाली गर्न आदेश
-
सुर्तीजन्य पदार्थको लत त्याग्न चाहनेका लागि ‘हेल्पलाइन’ सेवा
-
गाजाको मानवीय अवस्था युद्ध सुरु भएदेखि अहिलेसम्मकै गम्भीर : संयुक्त राष्ट्रसङ्घ
-
१० बजे १० समाचार : पूर्वमा बाढीको क्षतिदेखि राजावादी आन्दोलनसम्म
-
३ करोडको लगानीमा स्पोर्ट जोन बन्दै