‘जेनेरेटिभ एआई र मिडिया शिक्षा’ विषयक कार्यशाला सम्पन्न
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागले ‘मिडिया शिक्षाको सन्दर्भमा शिक्षण अभ्यासहरूमा जेनेरेटिभ एआईको प्रभाव’ विषयक कार्यशाला आयोजना गरेको छ ।
शुक्रबार कार्यशालाको उद्घाटन सत्रमा प्रमुख वक्ताका रूपमा उपस्थित प्राध्यापक केके रेग्मीले कक्षाकोठा र समाचार कक्षमा जेनेरेटिभ एआईको बढ्दो प्रयोग र त्यसका प्रभावहरूबारे विश्लेषण गरेका थिए ।
कोभिड–१९ महामारीले तीव्र पारिएको डिजिटल रूपान्तरणले दक्षिण एसियामा मिडिया शिक्षा र अभ्यासमा ल्याएको परिवर्तनबारे समेतले जानकारी दिएका थिए ।कार्यशालाको उद्देश्य मिडिया शिक्षामा एआई प्रविधिको उपयोग र त्यसको प्रभावबारे बहस सञ्चालन गर्नु रहेको थियो ।
विशेषतः उच्च शिक्षा संस्थाहरूमा पाठ्यक्रम विकास र शिक्षण विधिका नवप्रवर्तनहरूमा एआईको भूमिका विषय केन्द्रमा रहेको थियो । कार्यक्रममा मानविकी तथा समाजशास्त्र संकायका सहायक डीन डाक्टर बामदेव अधिकारीले स्नातकोत्तर तहको पत्रकारिता कार्यक्रमको चौथो सेमेस्टरमा जेनेरेटिभ एआईसम्बन्धी नयाँ पाठ्यक्रम प्रारम्भ गर्न लागेकोमा विभागलाई शुभकामना ज्ञापन गरे।
कार्यशालामा डा. श्रीराम खनाल (ग्रामीण आदर्श क्याम्पस), मदन भण्डारी मेमोरियल कलेजको पत्रकारिता तथा आमसञ्चार विभागका प्रमुख यम बहादुर दुरा, जेभियर कलेजका आमसञ्चार विभाग प्रमुख चुन गुरुङ र त्रिवि पत्रकारिता विभागका डाक्टर शशी मरासिनी लगायतका वक्ताहरूले कोभिड महामारीको अवधिमा र त्यसपछि मिडिया शिक्षामा देखिएको डिजिटल रूपान्तरणबारे आफ्ना विचार व्यक्त गरेका थिए ।
त्यसैगरी, क्यानडाको अटावा विश्वविद्यालयका डाक्टर भानु भक्त आचार्य, बंगदलादेशको युनिभर्सिटी अफ लिबरल आर्ट्स बंगलादेशकी सैयदा सादिया मेहजबिन, पत्रकारिता विभागका डा.श्रीराम पौडेल र डा. घमराज लुइटेल, मिडिया एकेडेमीका उज्वल आचार्य, मिडिया अनुसन्धानकर्ता उमेश पोखरेल र आइटी विज्ञ रोमकान्त पाण्डे लगायतका विशेषज्ञहरूले जेनेरेटिभ एआईले दक्षिण एसियाली मिडिया शिक्षामा ल्याएको परिवर्तन, अवसर र चुनौतीहरूबारे विचार व्यक्त गरेका थिए ।
उक्त कार्यक्रमले मिडिया शिक्षामा प्रविधिको एकीकरण, डिजिटल साक्षरताको आवश्यकतामा जोड र भविष्यमा आवश्यक पर्ने नीतिगत सुधारहरूबारे बहस सिर्जना गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण