बजेटले व्यवसायीका मुद्दा सम्बोधन गर्ने प्रयास गरेको छ : विनोद चौधरी
सारांश
- सांसद विनोद चौधरीले आगामी बजेटमा व्यवसायीका मुद्दा सम्बोधन गर्ने प्रयास भएको प्रतिक्रिया दिए।
- उनले विदेशमा लगानी गर्न चाहने नेपालीले स्वेट सेयर लिन पाउने व्यवस्था र होटल व्यवसायको विद्युत् महसुल समस्या समाधानको प्रयासको स्वागत गरे।
- सूचना प्रविधि क्षेत्रमा काम गर्ने जनशक्तिका लागि नेपालमै काम गर्ने वातावरण बनाउने प्रयासलाई सकारात्मक माने।
काठमाडौँ । नेपाली कांग्रेसका सांसद तथा व्यवसायी विनोद चौधरीले बजेटमा बजेटले व्यवसायीका मुद्दा सम्बोधन गर्ने प्रयास गरेको प्रतिक्रिया दिएका छन् । आर्थिक वर्ष २०८२/८३ का लागि बिहीबार संसद्मा अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेटबारे प्रतिक्रिया दिँदै सांसद चौधरीले बजेटमा व्यवसायसँग सम्बन्धित केही सकारात्मक प्रयासहरू भएको प्रतिक्रिया दिएका हुन् ।
उनले बजेटमार्फत सरकारले विदेशमा लगानी गर्न चाहने नेपालीहरूले स्वेट सेयर लिन पाउने व्यवस्था स्वागतयोग्य रहेको बताए । उनले होटल व्यवसायमा लामो समयदेखि बढ्दो विद्युत् महसुलको समस्या समाधानतर्फ पनि बजेट केन्द्रित रहेको बताए । सांसद चौधरीले सूचना प्रविधि (आइटी) क्षेत्रमा काम गर्ने जनशक्तिका लागि नेपालमै वातावरण सिर्जना गर्ने प्रयास समेत सकारात्मक रहेको प्रतिक्रिया दिए ।
उनले भने, ‘विदेशमा लगानी गर्नको लागि आफ्नो सिप, आफ्नो मेहनत, बेच्न पाएको अवस्थामा स्वेट सेयर लिन पाउने व्यवस्था बजेटले गरेको छ । होटेलमा वर्षौंदेखि विद्युत् महसुल बढी थियो । त्यसलाई पनि यो बजेटले सम्बोधन गरेको छ । यसलाई व्यवसायीको हिसाबले मैले सकारात्मक रूपमा लिएको छु । आइटीको क्षेत्रमा काम गर्ने मान्छेलाई नेपालमा आएर काम गर्ने वातावरण समेत यस बजेटले बनाइदिएको छ ।’
बजेटले मुलुकको अर्थतन्त्र उकास्नेदेखि पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने खालको रहेको सांसद चौधरीको भनाइ छ । -न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण