आइतबार, १८ जेठ २०८२
ताजा लोकप्रिय

बजेटले व्यवसायीका मुद्दा सम्बोधन गर्ने प्रयास गरेको छ : विनोद चौधरी

शनिबार, १७ जेठ २०८२, १२ : १२
शनिबार, १७ जेठ २०८२

समाचार सारांश

  • सांसद विनोद चौधरीले आगामी बजेटमा व्यवसायीका मुद्दा सम्बोधन गर्ने प्रयास भएको प्रतिक्रिया दिए।
  • उनले विदेशमा लगानी गर्न चाहने नेपालीले स्वेट सेयर लिन पाउने व्यवस्था र होटल व्यवसायको विद्युत् महसुल समस्या समाधानको प्रयासको स्वागत गरे।
  • सूचना प्रविधि क्षेत्रमा काम गर्ने जनशक्तिका लागि नेपालमै काम गर्ने वातावरण बनाउने प्रयासलाई सकारात्मक माने।

काठमाडौँ । नेपाली कांग्रेसका सांसद तथा व्यवसायी विनोद चौधरीले बजेटमा बजेटले व्यवसायीका मुद्दा सम्बोधन गर्ने प्रयास गरेको प्रतिक्रिया दिएका छन् । आर्थिक वर्ष २०८२/८३ का लागि बिहीबार संसद्मा अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेटबारे प्रतिक्रिया दिँदै सांसद चौधरीले बजेटमा व्यवसायसँग सम्बन्धित केही सकारात्मक प्रयासहरू भएको प्रतिक्रिया दिएका हुन् ।

उनले बजेटमार्फत सरकारले विदेशमा लगानी गर्न चाहने नेपालीहरूले स्वेट सेयर लिन पाउने व्यवस्था स्वागतयोग्य रहेको बताए । उनले होटल व्यवसायमा लामो समयदेखि बढ्दो विद्युत् महसुलको समस्या समाधानतर्फ पनि बजेट केन्द्रित रहेको बताए । सांसद चौधरीले सूचना प्रविधि (आइटी) क्षेत्रमा काम गर्ने जनशक्तिका लागि नेपालमै वातावरण सिर्जना गर्ने प्रयास समेत सकारात्मक रहेको प्रतिक्रिया दिए ।

उनले भने, ‘विदेशमा लगानी गर्नको लागि आफ्नो सिप, आफ्नो मेहनत, बेच्न पाएको अवस्थामा स्वेट सेयर लिन पाउने व्यवस्था बजेटले गरेको छ । होटेलमा वर्षौंदेखि विद्युत् महसुल बढी थियो । त्यसलाई पनि यो बजेटले सम्बोधन गरेको छ । यसलाई व्यवसायीको हिसाबले मैले सकारात्मक रूपमा लिएको छु । आइटीको क्षेत्रमा काम गर्ने मान्छेलाई नेपालमा आएर काम गर्ने वातावरण समेत यस बजेटले बनाइदिएको छ ।’

बजेटले मुलुकको अर्थतन्त्र उकास्नेदेखि पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने खालको रहेको सांसद चौधरीको भनाइ छ । -न्युज एजेन्सी नेपाल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप