संगीतकार सङ्घको अध्यक्षमा लामा
आइतबार, १८ जेठ २०८२, १२ : १८

समाचार सारांश
- अष्ट लामा संगीतकार संघको अध्यक्षमा निर्वाचित भएका छन्।
- नयाँ कार्यसमितिमा शंकर थापा स्माइल, राजेन्द्र बजगाईं, दिनेश वान्तवा राई, दिपक शर्मा र योगेन्द्र उपाध्याय लगायतका व्यक्तिहरू छन्।
- चेतन सापकोटा अघिल्लो अध्यक्ष थिए भने शम्भूजित बासकोटा संस्थापक अध्यक्ष थिए।
काठमाडौँ । संगीतकार सङ्घको अध्यक्षमा अष्ट लामा चुनिएका छन् । शनिबार आयोजित सङ्घको १३ औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशनबाट लामाको नेतृत्वमा नयाँ कार्यसमिति समेत चयन भएको छ ।
जसमा सङ्घको प्रथम उपाध्यक्षमा शंकर थापा स्माइल, द्वितीय उपाध्यक्षमा राजेन्द्र बजगाईं, महासचिवमा दिनेश वान्तवा राई, सचिव दिपक शर्मा र कोषाध्यक्षमा योगेन्द्र उपाध्याय रहेका छन् ।
त्यसैगरी सदस्यहरूमा बबिना भट्टराई, हरि सायमी, कमलीकान्त भेटवाल, तारावीर पाण्डे, अर्जुन कौशल रहेका छन् ।
सङ्घको यसअघि अध्यक्षमा चेतन सापकोटा रहेका थिए । शम्भूजित बासकोटा संस्थापक अध्यक्ष रहेको सङ्घमा लक्ष्मण शेष, शान्तिराम राई, पारस मुकारुङ समेत यसअघि अध्यक्ष रहिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संस्कृति संरक्षण गर्न मादल बजाउने तालिम
-
सिङ्दी–दूधपोखरी हुँदै हर्पिङडाँडासम्म पदमार्गको खोजी गरिँदै
-
नेपालको ऐतिहासिक जित: १ विकेटले स्कटल्याण्ड स्तब्ध
-
१२ बजे १२ समाचार: गृहमन्त्रीको राजीनामा बटमलाइनदेखि यातायात सञ्चालनबारे अझै अन्योल
-
सरकारी वार्ता टोली र यातायात व्यवसायीबीच सहमति, तर बन्दबारे अझै अन्योल
-
फेवातालमा दीर्घकालीन योजना ल्याएर मात्र पोल गाड्न आग्रह