संगीतकार सङ्घको अध्यक्षमा लामा
आइतबार, १८ जेठ २०८२, १२ : १८
सारांश
- अष्ट लामा संगीतकार संघको अध्यक्षमा निर्वाचित भएका छन्।
- नयाँ कार्यसमितिमा शंकर थापा स्माइल, राजेन्द्र बजगाईं, दिनेश वान्तवा राई, दिपक शर्मा र योगेन्द्र उपाध्याय लगायतका व्यक्तिहरू छन्।
- चेतन सापकोटा अघिल्लो अध्यक्ष थिए भने शम्भूजित बासकोटा संस्थापक अध्यक्ष थिए।
काठमाडौँ । संगीतकार सङ्घको अध्यक्षमा अष्ट लामा चुनिएका छन् । शनिबार आयोजित सङ्घको १३ औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशनबाट लामाको नेतृत्वमा नयाँ कार्यसमिति समेत चयन भएको छ ।
जसमा सङ्घको प्रथम उपाध्यक्षमा शंकर थापा स्माइल, द्वितीय उपाध्यक्षमा राजेन्द्र बजगाईं, महासचिवमा दिनेश वान्तवा राई, सचिव दिपक शर्मा र कोषाध्यक्षमा योगेन्द्र उपाध्याय रहेका छन् ।
त्यसैगरी सदस्यहरूमा बबिना भट्टराई, हरि सायमी, कमलीकान्त भेटवाल, तारावीर पाण्डे, अर्जुन कौशल रहेका छन् ।
सङ्घको यसअघि अध्यक्षमा चेतन सापकोटा रहेका थिए । शम्भूजित बासकोटा संस्थापक अध्यक्ष रहेको सङ्घमा लक्ष्मण शेष, शान्तिराम राई, पारस मुकारुङ समेत यसअघि अध्यक्ष रहिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण