रेलसेवाको अध्ययन र विकासबारे कोरियामा छलफल

काठमाडौँ । दक्षिण कोरिया भ्रमणमा रहेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले त्यहाँको यातायात तथा रेल सेवा विस्तार सम्बन्धीको छलफललाई संशोधन गरेका छन्।
भ्रमणका क्रममा मन्त्री दाहालले कोरेल कर्पोरेशनको कार्यालयमा पुगी छलफल तथा अन्तरक्रिया गरेका हुन् । मन्त्री दाहाल नेतृत्वको नेपाली प्रतिनिधि मण्डलसँग त्यहाँका उच्च अधिकारीहरूले नेपालमा रेल सेवाको अध्ययन र अनुसन्धानका लागि हुने सक्ने सहकार्यका बारेमा प्रकाश पारेका थिए ।
यस अघि नेपाल भ्रमणमा आएका कोरेलका अधिकारी एवम् नेपालको रेल विभाग तथा लगानी बोर्डका अधिकारीहरू बिच समेत नेपालमा रेल सेवाको विकास र अध्ययनका बारेमा छलफल भएको थियो । उक्त छलफल पश्चात् भएका समझदारीहरूका बारेमा समेत भेटमा कुराकानी भएको भ्रमण दलका सदस्य मनोज दाहालले जानकारी दिए ।
यस्तै भ्रमणका क्रममा कोरियन एक्सप्रेस वे कर्पोरेशनका अधिकारीहरूसँग भेटमा आपसीहित र सहकार्यका बारेमा पनि छलफल भएको थियो ।यस्तै मन्त्री दाहालसँग त्यहाँ रहेको नेपाली समुदायका प्रतिनिधीहरुले पनि छलफल गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संस्थागत सुत्केरीको सङ्ख्या बढाउन नगरपालिकाको ‘कोसेली’
-
९७ वर्षमा लालुदेवीले पाइन् नागरिकता
-
भारतले कच्चा तेलमा भन्सार शुल्क घटायो, नेपालमा कस्तो पर्ला असर ?
-
कन्याम–पञ्चकन्या खानेपानी योजनाको काम चाँडो सम्पन्न नगरे ठेक्का रद्द गर्छौँ : मन्त्री यादव
-
रहेनन् कलाकार घनश्याम गौतम
-
बुटवल–गोरुसिङ्गे सडक विस्तार : शिलान्यास भएको ४ महिनामा ९ प्रतिशत भौतिक प्रगति