डोटीमा अन्तरपालिकास्तरिय भलिबल प्रतियोगिता सुरू
डोटी । डोटीको आदर्श गाउँपालिकामा दोस्रो अध्यक्ष कप अन्तरगत राष्ट्रियस्तरको अन्तरपालिकास्तरिय भलिबल प्रतियोगिता सुरू भएको छ। आदर्श गाउँपालिकाको आयोजनामा आइतबार प्रतियोगिताको उद्घाटन गरिएको छ।
प्रतियोगिता जेठ १८ देखि २१ गतेसम्म सञ्चालन हुने पालिकाका खेलकुद प्रशिक्षक जनक खड्काले जानकारी दिए। उनका अनुसार प्रतियोगितामा सुदूरपश्चिमका लगायत कर्णाली प्रदेश गरी ९ वटा टिमको सहभागिता रहेको छ।
प्रतियोगितामा विजेताले १ लाख ३१ हजार १ सय ११, उपविजेताले ८१ हजार १ सय ११, तेस्रो स्थान हासिल गर्नेले ५१ हजार १ सय ११ ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ।
यस्तै उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर, उत्कृष्ट सर्भर, उत्कृष्ट डिफेन्सर, उदयमान खेलाडी र अनुशासित खेलाडीलाई जनही २ हजार र सर्वोत्कृष्ट खेलाडीलाई ३ हजारको पुरस्कार प्रदान गरिनेछ।
समग्र पालिकाको खेलकुदको विकास र खेलाडीहरूको खेल खेल्ने मञ्च प्रदान गर्न प्रतियोगिता आयोजना गरिएको प्रशिक्षक खड्काले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण