डोटीमा अन्तरपालिकास्तरिय भलिबल प्रतियोगिता सुरू

डोटी । डोटीको आदर्श गाउँपालिकामा दोस्रो अध्यक्ष कप अन्तरगत राष्ट्रियस्तरको अन्तरपालिकास्तरिय भलिबल प्रतियोगिता सुरू भएको छ। आदर्श गाउँपालिकाको आयोजनामा आइतबार प्रतियोगिताको उद्घाटन गरिएको छ।
प्रतियोगिता जेठ १८ देखि २१ गतेसम्म सञ्चालन हुने पालिकाका खेलकुद प्रशिक्षक जनक खड्काले जानकारी दिए। उनका अनुसार प्रतियोगितामा सुदूरपश्चिमका लगायत कर्णाली प्रदेश गरी ९ वटा टिमको सहभागिता रहेको छ।
प्रतियोगितामा विजेताले १ लाख ३१ हजार १ सय ११, उपविजेताले ८१ हजार १ सय ११, तेस्रो स्थान हासिल गर्नेले ५१ हजार १ सय ११ ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ।
यस्तै उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर, उत्कृष्ट सर्भर, उत्कृष्ट डिफेन्सर, उदयमान खेलाडी र अनुशासित खेलाडीलाई जनही २ हजार र सर्वोत्कृष्ट खेलाडीलाई ३ हजारको पुरस्कार प्रदान गरिनेछ।
समग्र पालिकाको खेलकुदको विकास र खेलाडीहरूको खेल खेल्ने मञ्च प्रदान गर्न प्रतियोगिता आयोजना गरिएको प्रशिक्षक खड्काले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलाकार गौतमलाई कलाकर्मीले दिए अन्तिम श्रद्धाञ्जली (तस्बिरहरू)
-
आईसीसी विश्वकपमा पाकिस्तानको सबै खेल श्रीलङ्कामा
-
सांसदको प्रश्न– यातायात व्यवसायीसँग तत्कालीन सहमति भएको हो कि दीर्घकालीन ?
-
नेपाली सेनाद्वारा बर्दादेवी डाँडामा ‘हेलिप्याड’ निर्माण
-
यातायातमा फेरि सिन्डिकेट कायम गरियो : प्रकाश ज्वाला
-
‘करेन्ट’ लागेर जङ्गली हात्तीको मृत्यु