युक्रेनद्वारा रुसी एयरबेसमा हमला, ४० बम्बर ध्वस्त
सारांश
- युक्रेनले रुसमाथि ड्रोन हमला गर्यो, जसमा ५ वटा एयरबेस ध्वस्त भएको दाबी गरेको छ।
- यस आक्रमणमा रुसका ४१ लामो दूरीका बमवर्षक विमान नष्ट भएको र ७ अर्ब डलरको क्षति भएको अनुमान छ।
- रुसले यसलाई उत्तेजनाको रूपमा लिएको छ र शान्ति वार्ता अघि भएको यो हमलाले वार्ता जटिल बनेको छ।
किभ । युक्रेनले रुसी एयरबसहरूलाई निशाना बनाएर व्यापक ड्रोन हमला गरेको छ । जुन १ मा युक्रेनले रुस भित्र ४००० किलोमिटर भित्र प्रवेश गरेर आक्रमण गरेको थियो । यी आक्रमणहरूमा रुसका ५ प्रमुख एयरबेस, बेलाया, डायगिलेभो, इभानोभो, ओलेन्या र अन्य ध्वस्त पारिएको दाबी युक्रेनले गरेको छ ।
आफूले गरेको मिसाइल आक्रमणमा रुसका ४१ वटा लामो दूरीका बमवर्षकहरू नष्ट भएको युक्रेनको गोप्य एजेन्सी एसबीयूले भनेको छ । यी विमानहरूको जलिरहेका तस्बिर मिडियामा देखाइएको छ । यो आक्रमण रुसको सैन्य स्रोतहरूलाई कमजोर पार्न अहिलेसम्मकै सबैभन्दा ठुलो ड्रोन आक्रमण थियो ।
युक्रेनले यो अपरेसनलाई स्पाइडरवेब नाम दिएको छ । यस आक्रमणका कारण रुसले ७ अर्ब डलरको ठुलो क्षति बेहोरेको अनुमान एसबीयूले गरेको छ । रुसले युक्रेनको यो कार्यलाई अभूतपूर्व उत्तेजना भनेको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले यसको जवाफ दिने सङ्केत रुसले दिएको छ ।
सोमबार इस्तानबुलमा प्रस्तावित शान्ति वार्ताको ठिक अघि यो हमला भएको हो । यसले वार्तालाई अझ जटिल बनाएको छ । साढे तीन वर्षदेखि चलिरहेको यो युद्धको गतिरोध तोड्न, युक्रेनले आइतबार उच्च सैन्य जोखिमपूर्ण कदम चाल्यो ।
युक्रेनले पहिले पनि यसको प्रयास गरेको थियो, तर सफल भएको थिएन । पछिल्लो आक्रमणमा रुसले कस्तो प्रतिक्रिया जनाउँछ हेर्न बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण