युक्रेनद्वारा रुसी एयरबेसमा हमला, ४० बम्बर ध्वस्त

समाचार सारांश
- युक्रेनले रुसमाथि ड्रोन हमला गर्यो, जसमा ५ वटा एयरबेस ध्वस्त भएको दाबी गरेको छ।
- यस आक्रमणमा रुसका ४१ लामो दूरीका बमवर्षक विमान नष्ट भएको र ७ अर्ब डलरको क्षति भएको अनुमान छ।
- रुसले यसलाई उत्तेजनाको रूपमा लिएको छ र शान्ति वार्ता अघि भएको यो हमलाले वार्ता जटिल बनेको छ।
किभ । युक्रेनले रुसी एयरबसहरूलाई निशाना बनाएर व्यापक ड्रोन हमला गरेको छ । जुन १ मा युक्रेनले रुस भित्र ४००० किलोमिटर भित्र प्रवेश गरेर आक्रमण गरेको थियो । यी आक्रमणहरूमा रुसका ५ प्रमुख एयरबेस, बेलाया, डायगिलेभो, इभानोभो, ओलेन्या र अन्य ध्वस्त पारिएको दाबी युक्रेनले गरेको छ ।
आफूले गरेको मिसाइल आक्रमणमा रुसका ४१ वटा लामो दूरीका बमवर्षकहरू नष्ट भएको युक्रेनको गोप्य एजेन्सी एसबीयूले भनेको छ । यी विमानहरूको जलिरहेका तस्बिर मिडियामा देखाइएको छ । यो आक्रमण रुसको सैन्य स्रोतहरूलाई कमजोर पार्न अहिलेसम्मकै सबैभन्दा ठुलो ड्रोन आक्रमण थियो ।
युक्रेनले यो अपरेसनलाई स्पाइडरवेब नाम दिएको छ । यस आक्रमणका कारण रुसले ७ अर्ब डलरको ठुलो क्षति बेहोरेको अनुमान एसबीयूले गरेको छ । रुसले युक्रेनको यो कार्यलाई अभूतपूर्व उत्तेजना भनेको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले यसको जवाफ दिने सङ्केत रुसले दिएको छ ।
सोमबार इस्तानबुलमा प्रस्तावित शान्ति वार्ताको ठिक अघि यो हमला भएको हो । यसले वार्तालाई अझ जटिल बनाएको छ । साढे तीन वर्षदेखि चलिरहेको यो युद्धको गतिरोध तोड्न, युक्रेनले आइतबार उच्च सैन्य जोखिमपूर्ण कदम चाल्यो ।
युक्रेनले पहिले पनि यसको प्रयास गरेको थियो, तर सफल भएको थिएन । पछिल्लो आक्रमणमा रुसले कस्तो प्रतिक्रिया जनाउँछ हेर्न बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुडानमा जारी युद्धका कारण चार लाखभन्दा बढी नागरिक विस्थापित : संयुक्त राष्ट्रसङ्घ
-
दक्षिण कोरियाको राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका ली जे–म्युङको जित निश्चित
-
विज्ञापनमा पनि भ्रष्टाचार, आयोगद्वारा मुद्दा दायर
-
भूकम्पको त्रासबिच पाकिस्तानको जेलबाट २०० भन्दा बढी कैदी फरार
-
सर्लाहीमा ट्रयाक्टरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
-
अन्नपूर्ण हिमालको आधार शिविरमा गुञ्जियो ‘फ्रान्सेली सङ्गीत’