दलहरूबिच कुरा नमिल्दा कर्णाली खेलकुद विकास परिषद्को जिम्मेवारी महाशाखा प्रमुखलाई

समाचार सारांश
- कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवको जिम्मेवारी सामाजिक विकास मन्त्रालयका जवाहरलाल हमाललाई दिइएको छ।
- परिषद्का पदाधिकारीको कार्यकाल सकिएपछि आर्थिक अधिकारसहित हमाललाई जिम्मेवारी दिइएको हो।
- नेपाली कांग्रेस र एमालेबीच कुरा नमिलेका कारण परिषद्को सदस्य सचिव नियुक्त हुन सकेको थिएन।
सुर्खेत । कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्यसचिवको जिम्मेवारी सामाजिक विकास मन्त्रालयको युवा तथा खेलकुद महाशाखा प्रमुख जवाहरलाल हमाललाई दिइएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले परिषद्को सदस्यसचिवको जिम्मेवारी हमाललाई दिइएको एक मन्त्रीले रातोपाटीलाई बताए ।
‘सदस्यसचिव नियुक्त नहुने बेलासम्म आर्थिक लगायत सम्पूर्ण अधिकारसहित उहाँलाई जिम्मेवारी दिइएको छ,’ उनले भने, ‘महाशाखा प्रमुख भएको र १० औँ तहको कर्मचारी भएकाले पनि उहाँलाई जिम्मेवारी सुम्पिएको हो ।’
तत्कालीन प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्याल लगायत परिषद्का पदाधिकारीको कार्यकाल गत पुस ६ गते सकिएको थियो । त्यसयता अहिलेसम्म परिषद् पदाधिकारीविहीन अवस्थामा छ ।
परिषद् पदाधिकारीविहीन भएको अवस्थामा प्रदेशको खेलकुद विकास ऐन, ०७६ विपरीत परिषद्को जिम्मेवारी मन्त्रालयका शिक्षा अधिकृत रामप्रसाद उपाध्यक्षलाई तोकिएको थियो । तर उनलाई आर्थिक अधिकार दिइएको थिएन ।
जसका कारण परिषद्को आर्थिक गतिविधिदेखि सबै काम ठप्प छन् । परिषद्को सदस्यसचिवमा सत्तारुढ दल नेपाली कांग्रेस र एमालेबिच कुरा नमिलेको चर्चा छ । सामाजिक विकास मन्त्री घनश्याम भण्डारी खेलकुद परिषद्को पदाधिकारी नियुक्तिमा कानुनी जटिलताले समस्या भएको बताउँदै आएका छन् ।
‘सदस्यसचिवको सेवा सुविधा छैन, त्यही भएर नियुक्ति नभएको हो,’ उनको भनाइ थियो । यसैबिच सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले बुधबार नीति तथा कार्यक्रम ल्याउने निर्णय गरेकाे छ । त्यसका लागि प्रदेश प्रमुखलाई जानकारी गराइने ती मन्त्रीले बताए ।
यस्तै राजधानी वीरेन्द्रनगरमा निर्माणाधीन भेरी पम्पिङ परियोजनामा प्रदेश सरकारबाट दिनुपर्ने रकमको अख्तियारी वीरेन्द्रनगर नगरपालिकालाई दिने निर्णय भएको पनि ती मन्त्रीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्नपूर्ण क्षेत्रमा आउने विदेशी पर्यटकको सङ्ख्यामा बर्सेनि वृद्धि
-
महिनावारी नहुनु वा ढिलाइ हुनुका आठ कारण
-
मुस्ताङका चार पालिका ‘पूर्ण खोप सुनिश्चितता’
-
सुडानमा जारी युद्धका कारण चार लाखभन्दा बढी नागरिक विस्थापित : संयुक्त राष्ट्रसङ्घ
-
दक्षिण कोरियाको राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका ली जे–म्युङको जित निश्चित
-
विज्ञापनमा पनि भ्रष्टाचार, आयोगद्वारा मुद्दा दायर