४७ वटा विषालु सर्पसहित मुम्बई विमानस्थलमा भारतीय पुरुष पक्राउ

समाचार सारांश
- मुम्बई विमानस्थलमा एक व्यक्तिलाई दुर्लभ सर्पहरूसहित पक्राउ गरिएको छ।
- थाइल्याण्डबाट फर्किरहेका ती व्यक्तिले झोलामा ४७ वटा भाइपर प्रजातिका विषालु सर्प लुकाएका थिए।
- वन्यजन्तु संरक्षण कानुन अन्तर्गत उनलाई हिरासतमा लिइएको छ, तर उनको नाम खुलाइएको छैन।
नयाँ दिल्ली । भारतीय अधिकारीहरूले दुर्लभ सर्पहरूसहित एक पुरुषलाई मुम्बई विमानस्थलमा पक्राउ गरेका छन् । थाइल्यान्डबाट फर्किरहेका ती पुरुषको झोलामा ४७ वटा भाइपर प्रजातिका विषालु सर्प पनि थिए ।
आइतबार विमानस्थलमा लगेज चेक गर्ने क्रममा अधिकारीहरूले चेक–इन भइसकेका लगेजमा ती जन्तु फेला पारेका थिए । वन्यजन्तु संरक्षण कानुन अन्तर्गत भारतमा सरी सर्पहरू जफत गरिन्छ । यात्रीको नाम खुलाइएको छैन ।
हाल उनी हिरासतमा छन् । आफूलाई पक्राउ गरिएको मामिलामा उनले कुनै प्रतिक्रिया दिन नमानेको भन्दै बीबीसीले समाचार छापेको छ । भन्सारका अधिकारीहरूले माइक्रोब्लगिङ वेबसाइट एक्समा सेयर गरेको तस्बिरमा एउटा भाँडोमा घिस्रिरहेको रंगीबिरंगी सर्पहरू देखिन्छ ।
भारतमा बाहिरबाट जीवजन्तु ल्याउनु गैरकानुनी छैन । तर भारतको वन्यजन्तु संरक्षण कानुनले निश्चित खालको प्रजातिलाई ल्याउन निषेध गरेको छ । यसमा सरकारले सङ्कटापन्न भनेको वा संरक्षण गर्नुपर्ने सूचीमा राखेका वन्यजन्तु पनि पर्दछन् । यसरी वन्यजन्तु ल्याउनु अघि यात्रुले अनुमति लिनुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुखद सुरुवातपछि उत्साही नेपाल आज बलियो नेदरल्यान्ड्ससँग भिड्दै
-
नवीकरणीय ऊर्जा विकासमा ४० अर्ब डलरको खाडल, लगानीमैत्री वातावरण कसरी बनाउने ?
-
वर्तमान सरकार उत्पीडित वर्गहरूप्रति संवेदनशील छैन : प्रचण्ड
-
वीरगञ्जलाई विरुप बनाउने तार हटाइँदै
-
डिजिटल भुक्तानी सहज बनाउन एभरेस्ट बैंकले ल्यायो 'इबिएल भर्चुअल क्रेडिट कार्ड'
-
नेपाली जनप्रगतिशील मञ्च बेल्जियमको अधिवेशन सम्पन्न, मनिष गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन