४७ वटा विषालु सर्पसहित मुम्बई विमानस्थलमा भारतीय पुरुष पक्राउ
सारांश
- मुम्बई विमानस्थलमा एक व्यक्तिलाई दुर्लभ सर्पहरूसहित पक्राउ गरिएको छ।
- थाइल्याण्डबाट फर्किरहेका ती व्यक्तिले झोलामा ४७ वटा भाइपर प्रजातिका विषालु सर्प लुकाएका थिए।
- वन्यजन्तु संरक्षण कानुन अन्तर्गत उनलाई हिरासतमा लिइएको छ, तर उनको नाम खुलाइएको छैन।
नयाँ दिल्ली । भारतीय अधिकारीहरूले दुर्लभ सर्पहरूसहित एक पुरुषलाई मुम्बई विमानस्थलमा पक्राउ गरेका छन् । थाइल्यान्डबाट फर्किरहेका ती पुरुषको झोलामा ४७ वटा भाइपर प्रजातिका विषालु सर्प पनि थिए ।
आइतबार विमानस्थलमा लगेज चेक गर्ने क्रममा अधिकारीहरूले चेक–इन भइसकेका लगेजमा ती जन्तु फेला पारेका थिए । वन्यजन्तु संरक्षण कानुन अन्तर्गत भारतमा सरी सर्पहरू जफत गरिन्छ । यात्रीको नाम खुलाइएको छैन ।
हाल उनी हिरासतमा छन् । आफूलाई पक्राउ गरिएको मामिलामा उनले कुनै प्रतिक्रिया दिन नमानेको भन्दै बीबीसीले समाचार छापेको छ । भन्सारका अधिकारीहरूले माइक्रोब्लगिङ वेबसाइट एक्समा सेयर गरेको तस्बिरमा एउटा भाँडोमा घिस्रिरहेको रंगीबिरंगी सर्पहरू देखिन्छ ।
भारतमा बाहिरबाट जीवजन्तु ल्याउनु गैरकानुनी छैन । तर भारतको वन्यजन्तु संरक्षण कानुनले निश्चित खालको प्रजातिलाई ल्याउन निषेध गरेको छ । यसमा सरकारले सङ्कटापन्न भनेको वा संरक्षण गर्नुपर्ने सूचीमा राखेका वन्यजन्तु पनि पर्दछन् । यसरी वन्यजन्तु ल्याउनु अघि यात्रुले अनुमति लिनुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीमा प्रदर्शनः ककरोच जनता पार्टीका संस्थापक दीपके नियन्त्रणमा
-
छात्रालाई अश्लील म्यासेज गर्ने दुई शिक्षकसहित तीन जना पक्राउ
-
सेयर बजारमा दुई दिनमा १२१ अङ्क वृद्धि
-
शिक्षा–स्वास्थ्यमा लगाइएको कर र प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन मकवानपुर कांग्रेसको माग
-
१८ वर्ष मुनिकालाई सदस्यता वितरणबारे रास्वपाले आयोगलाई पठायो जवाफ
-
लुम्बिनीका १०९ स्थानीय तहमध्ये डुडुवा मात्रै राष्ट्रिय भूमि आयोगको अन्तिम सूचनामा कसरी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण