ज्ञानेन्द्र शाहीले भने– ‘प्रधानमन्त्रीज्यू, तपाईं भ्रष्टाचारीको झोले नै हो’
काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न प्रकरणसँग जोड्दै भ्रष्टाचारी ‘झोले’ भएको आरोप लगाएका छन्।
उनले भ्रष्टाचारको नभई राष्ट्रको ‘झोले’ बन्न प्रधानमन्त्रलाई आग्रह समेत गरे। सोमबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै शाहीले प्रधानमन्त्री ओली विभिन्न विवादास्पद काण्ड र व्यापारिक समूहको स्वार्थमा लागेको आशय व्यक्त गरेका हुन्।
उनले प्रधानमन्त्री ओलीलाई गिरिबन्धु टी–स्टेट, कम्बोडिया प्रकरण, यति होल्डिङ्स, ओम्नी समूह, भ्यू–टावर, टेरामक्स, भुटानी शरणार्थी प्रकरण, वाइडबडी जहाज खरिद, एनसेल, पोखरा र भैरहवा विमानस्थल निर्माण तथा भिजिट भिसा प्रकरणसँग जोड्दै ‘झोले’ को संज्ञा दिए।
शाहीले आफ्नो फेसबुकमा लेखेका छन्, “प्रधानमन्त्री ज्यू तपाईं झोले नै हो – गिरिबन्धुको, कम्बोडियाको, यतिको, ओम्निको, भ्यू–टावरको, टेरामाक्सको, भुटानी शरणार्थीको, वाईड बोडिको, एनसेलको, पोखरा बिमानस्थलको, भैरहवा बिमानस्थलको, भिजिट भिसाको।”
उनले अगाडि लेखेका छन्, “तर प्रधानमन्त्री ज्यू ... भ्रष्टाचारीको झोले होइन, राष्ट्रको झोले बन्नुहोस्।” राप्रपा प्रमुख सचेतक शाहीको यो टिप्पणी प्रधानमन्त्री ओलीले आफूलाई ‘म झोलेले हुँ’ भन्दै सामाजिक सञ्जालमा एक पोस्टर सेयर गरेपछिको प्रतिक्रियाका रूपमा आएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत कुन प्रदेशले कति पाए रकम ? (विवरणसहित)
-
अर्थमन्त्रीलाई अर्यालको प्रश्न : संसद्मा एउटा र मन्त्रालयमा अर्को अङ्क राखेर कसको स्वार्थ पूरा गरियो ?
-
कुन पालिकालाई कति वित्तीय हस्तान्तरण ? (सूचीसहित)
-
कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको प्रमुख सचेतक धामीले दिए राजीनामा, खड्काले पाइन् जिम्मेवारी
-
आक्रमण जारी रहे क्षेत्रीय ऊर्जा संरचना निशानामा पर्ने इरानको चेतावनी
-
सरकारले गर्यो १० सचिवको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण