२७ विधामा बाँडियो नेपाल म्युजिक एन्ड फेसन अवार्ड

समाचार सारांश
- काठमाडौंमा 'नेपाल म्युजिक एन्ड फेशन अवार्ड २०२४' सम्पन्न भयो, जसमा विभिन्न विधामा अवार्ड वितरण गरियो।
- कार्यक्रममा मिरा राणालाई लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरियो भने माधवकुमार नेपालले विभिन्न स्रष्टालाई सम्मान गरे।
- उत्कृष्ट फेसन डिजाइनर, मोडल, गायक, गायिका, गीतकार लगायत विभिन्न विधामा कलाकारहरूलाई अवार्ड प्रदान गरियो।
काठमाडौँ । फेशन, मोडलिङ र सङ्गीतको विभिन्न २७ विधामा अवार्ड प्रदान गर्दै पाँचौँ संस्करणको ‘नेपाल म्युजिक एन्ड फेशन अवार्ड २०२४’ काठमाडौँमा बेलुका सम्पन्न भएको छ । समारोहमा अग्रज गायिका मिरा राणालाई लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित भइन्। तर स्वास्थ्य समस्याका कारण उनी कार्यक्रममा उपस्थित हुन सकिनन्।
समारोहमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सङ्गीतकार दीपक शर्मालाई दशकको सङ्गीत सम्मानसहित विभिन्न स्रष्टालाई सम्मान प्रदान गरे । कार्यक्रममा चलचित्र निर्माता रौनक विक्रम कँडेल, चलचित्र फोटो पत्रकार कुबेर डङ्गोल, फोटो पत्रकार बद्री थापा, गायक डेविड शङ्कर, नृत्य निर्देशक प्रदीपकुमार रसाइली, युवा उद्यमीद्धय नवराज पाण्डे र कपुर साउद पनि कार्यक्रममा सम्मानित भए।
समारोहमा फेसन र मोडलिङ तर्फ उत्कृष्ट फेसन डिजाइनर अफ दि इयरको अवार्ड पटुकी फेसनबाट सञ्चिता बरालले, फेसन डिजाइनको जुरी अवार्ड काजल शर्माले, फेसन मोडल अफ दि इयरको अवार्ड दिक्पाल कार्कीले, फेशन कोरीयोग्राफर अफ दि इयरको अवार्ड अश्विनी कान्त झाले, मेक आर्टिष्ट अफ दि इयरको अवार्ड टेक राज पाण्डेले, इभेन्ट म्यानेजर अफ दि इयरको अवार्ड सम्राट प्रसाद शाहले, वेस्ट डान्स कोरीयोग्राफर (पेजेन्ट) को अवार्ड सन्दीप भुजेलले, वेस्ट पेजेन्ट डिरेक्टर अफ दि इयर अवार्ड निशु कान्त झाले प्राप्त गरे।
आधुनिक तर्फ उत्कृष्ट गायकको अवार्ड मायाले सजाउँलाबाट ओम सुनारले, गायिकाको अवार्ड यो दिलको पाइलटबाट स्वती भट्टले, गीतकारको अवार्ड मलाई तिमी मन परयोबाट हंसराज जोशीले, म्युजिक भिडियो महिला मोडलको अवार्ड हे गोरीबाट मल्लिका राजोपाध्यायले, महिलाको जुरी अवार्ड शिला गजुरेलले, कोरियोग्राफरको अवार्ड तप तप पानीबाट दिलीप ओखेडाले प्राप्त गरे।
यस्तै म्युजिक भिडियो मेकअप अवार्ड नगर दोमनबाट मनिषा श्रेष्ठ (कमला) ले, कोरियोग्राफी स्टेज प्रस्तुतिको अवार्ड माया भन्दा ठुलोबाट केशव कोइरालाले हासिल गरे । यस्तै नेपाल भाषातर्फ गायनको अवार्ड छँगु मतिनाया आशयबाट राजकुमार मानन्धरले र मुसुहुँ न्हिलाबाट सुनिल चित्रकार जुरी अवार्ड प्राप्त गरे।
लोकगीत तर्फ लोक गीत गायनको अवार्ड हरि भजनबाट शान्ती कुमारी शाहीले, लोक दोहोरीकै जुरी अवार्ड ओए सोल्टिनीबाट आयुमी तामाङले, लोक दोहोरी गायकको अवार्ड बालेनको शहरबाट चन्द्र शर्माले, लोक दोहोरी गायिकाको अवार्ड माया पिरतीको गाउँबाट नम्रता खरेलले, लोक दोहोरी गीत रचनाको अवार्ड छोड सताउनबाट डब्बु क्षेत्रीले, लोकदोहोरी म्युजिक भिडियो पुरुष मोडलको अवार्ड पानको पातबाट पल शाहले, महिला मोडलको अवार्ड यो दुनियाँ त बेग्लैबाट जुना कार्कीले, म्युजिक भिडियो कोरियोग्राफरको अवार्ड एक नम्बरी सुनबाट रबिता मगरले हासिल गरे।
यस्तै चलचित्र तर्फ गीतकारको अवार्ड न मेटिएको घाउको बाहिरी पीडाले भन्दाबाट विकास विष्टले, चलचित्र सङ्गीतकारको अवार्ड एक्टर वान टेक चलचित्रको के भरोसा गरमबाट हर्कुलस बस्नेतले हासिल गरे।
सरिता भारतीको संयोजन एवम् बालकृष्ण पोखरेलको निर्देशनमा सम्पन्न समारोहमा गायक डेविड शङ्कर, ओम सुनार, रमेश पाठकले आफ्ना चर्चित गीतबाट कार्यक्रममा रौनक बढाए । आयोजक स्टार वान इन्टर टेनेमेन्ट प्रालिद्धारा आयोजित सो कार्यक्रमको निर्णायकमा निर्देशक दिवाकर भट्टराई, उमेश गुरुङ, चलचित्र निर्माता ध्रुवप्रसाद न्यौपाने, नृत्याङ्गना एलिजिबा पुन मगर, गायकहरू चेतन राई, रमेश पाठक, हेमन्त शिशिर, महेन्द्रराज बराल र म्युजिक भिडियो निर्देशक केशवराज भट्ट थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वाधार क्षेत्रको नीति तथा कार्यक्रमले आशा जगाए पनि र बजेटमा निराशाजनक छ–अध्यक्ष सिंह
-
वाईसीएलमा नेतृत्व छान्न शक्ति र दीपशिखा सक्रिय, सहमतिको प्रयास जारी
-
आन्दोलनको स्वरूप फेर्ने राजावादीको तयारी
-
सभामुखले बोलाए राजनीतिक दलका प्रमुख सचेतकहरूको बैठक
-
चलचित्र सम्बन्धी कानुन बनाउँदै बागमती सरकार
-
बजेट कार्यान्वयनमा निर्मम तरिकाले मनिटरिङ र सुपरिवेक्षण गर्छौं : उपाध्यक्ष अधिकारी