महिमानलाई थुनामा राख्न रेशम चौधरीले दिएको निवेदनमाथि आज सुनुवाइ
सारांश
- सर्वोच्चका निलम्बित शाखा अधिकृत महिमानसिंह विष्टलाई थुनामा राख्न रेशम चौधरीले निवेदन दिएका छन्।
- विष्टले चौधरीलाई पक्राउ गरी कैद गर्न अनधिकृत पत्र लेखेपछि चौधरी पक्राउ परेका थिए र ५ घण्टा जेल बसे।
- विष्टलाई धरौटीमा छाड्ने जिल्ला अदालतको आदेश बदर गर्न माग गर्दै चौधरी उच्च अदालत पुगेका हुन्।
काठमाडौँ । सर्वोच्च अदालतका निलम्बित शाखा अधिकृत महिमानसिंह विष्टलाई थुनामा राख्न नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले दिएको निवेदनमाथि आज सुनुवाइ हुँदै छ । सोमबार चौधरीले उच्च अदालत पाटनमा निवेदन दिएका थिए ।
उक्त निवेदनमाथि सुनुवाइका लागि मंगलबार पेसी तोकिएको चौधरीका अधिवक्ता टीकाबहादुर कुँवरले बताए । विष्टले गत वैशाख १७ गते चौधरीलाई तत्काल पक्राउ गरी कैदमा राख्न प्रहरी र डिल्लीबजार कारागारमा अनधिकृत पत्र लेखेपछि सोही दिन चौधरी पक्राउ परेका थिए ।
उक्त अनधिकृत पत्रका कारण ५ घण्टा चौधरी कारागारमा बस्नुपरेको थियो । सर्वोच्चले विष्टको पत्र अनधिकृत भन्दै पत्र सच्चाएर पठाएपछि उनलाई छाडिएको थियो ।
अनधिकृत पत्र लेख्ने विष्टविरुद्धको लिखत किर्तेको मुद्दा जिल्ला अदालत काठमाडौँमा विचाराधीन छ । गत जेठ ५ गते जिल्लाले विष्टलाई एक लाख धरौटीमा मुद्दाको पुर्पक्षका लागि तारेखमा छाडेको थियो ।
विष्टलाई धरौटीमा छाड्ने आदेश बेरितको भई त्रुटिपूर्ण भएकाले उक्त आदेश बदर गरी विष्टलाई थुनामै राख्न मागसहित चौधरी उच्च पुगेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण