बिहीबार, २२ जेठ २०८२
ताजा लोकप्रिय
काठमाडौँ महानगर प्रहरी बल

राजु पाण्डेको निलम्बनपछि जोशीलाई निमित्तको जिम्मेवारी

मङ्गलबार, २० जेठ २०८२, १७ : १३
मङ्गलबार, २० जेठ २०८२

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डे निलम्बनमा परे लगत्तै निमित्त प्रमुखको जिम्मेवारी महानगर प्रहरी उपरीक्षक (एसपी) विष्णु प्रसाद जोशीले पाएका छन् । 

मङ्गलबार प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले एसएसपी पाण्डेलाई निलम्बन गर्दै जोशीलाई निमित्त प्रमुखको जिम्मेवारी दिएका हुन् ।

जोशी काठमाडौँ महानगरको विपद् व्यवस्थापन विभागमा कार्यरत रहेका थिए । उनले आफूलाई निमित्तको जिम्मेवारी दिएको जानकारी आएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?