लन्डनमा कुरान जलाउने व्यक्ति दोषी ठहर
काठमाडौँ । लन्डनमा टर्की दूतावासबाहिर कुरान जलाउने ५० वर्षीय हमित चोशकुनलाई अदालतले धार्मिक घृणा फैलाएको र शान्ति खलल पारेको आरोपमा दोषी ठहर गरेको छ ।
१३ फेब्रुअरीमा लन्डनको नाइट्सब्रिजस्थित रटल्याण्ड गार्डेनमा कुरान जलाउने क्रममा हमित चोशकुनले इस्लाम विरुद्ध अपमानजनक टिप्पणी गरेका थिए ।
सोमबार, वेस्टमिन्स्टर मजिस्ट्रेट अदालतले उनलाई दोषी ठहर गर्दै २४० पाउण्ड जरिवाना तिर्न भनेको छ । आरोप अनुसार, चोशकुन टर्कीमा जन्मेका थिए । उनी इङ्गल्याण्डको डर्बी शहरबाट लन्डन आएका थिए ।
चोशकुनको व्यवहार जानेर बुझेर भड्काउने खालको भएको र उनमा देखिएको घृणा टर्कीमा उनी र उनको परिवारको अनुभवसँग सम्बन्धित भएको न्यायाधीश जोन म्याकगार्वाले भने ।
चोशकुनका शब्दहरू धर्म (इस्लाम) विरुद्ध मात्रै नभएर अनुयायीहरू प्रति पनि घृणाले भरिएको पनि उनले बताए । अदालतको फैसला अभिव्यक्ति स्वतन्त्रतामाथिको आक्रमण भएको र यसले मानिसहरूलाई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्नबाट रोक्ने आफ्नो सजायप्रति प्रतिक्रिया दिँदै चोशकुनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण