बिहीबार, २२ जेठ २०८२
ताजा लोकप्रिय

लन्डनमा कुरान जलाउने व्यक्ति दोषी ठहर

मङ्गलबार, २० जेठ २०८२, १८ : २१
मङ्गलबार, २० जेठ २०८२

काठमाडौँ । लन्डनमा टर्की दूतावासबाहिर कुरान जलाउने ५० वर्षीय हमित चोशकुनलाई अदालतले धार्मिक घृणा फैलाएको र शान्ति खलल पारेको आरोपमा दोषी ठहर गरेको छ । 

१३ फेब्रुअरीमा लन्डनको नाइट्सब्रिजस्थित रटल्याण्ड गार्डेनमा कुरान जलाउने क्रममा हमित चोशकुनले इस्लाम विरुद्ध अपमानजनक टिप्पणी गरेका थिए । 

सोमबार, वेस्टमिन्स्टर मजिस्ट्रेट अदालतले उनलाई दोषी ठहर गर्दै २४० पाउण्ड जरिवाना तिर्न भनेको छ । आरोप अनुसार, चोशकुन टर्कीमा जन्मेका थिए । उनी इङ्गल्याण्डको डर्बी शहरबाट लन्डन आएका थिए । 

चोशकुनको व्यवहार जानेर बुझेर भड्काउने खालको भएको र उनमा देखिएको घृणा टर्कीमा उनी र उनको परिवारको अनुभवसँग सम्बन्धित भएको न्यायाधीश जोन म्याकगार्वाले भने । 

चोशकुनका शब्दहरू धर्म (इस्लाम) विरुद्ध मात्रै नभएर अनुयायीहरू प्रति पनि घृणाले भरिएको पनि उनले बताए । अदालतको फैसला अभिव्यक्ति स्वतन्त्रतामाथिको आक्रमण भएको र यसले मानिसहरूलाई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्नबाट रोक्ने आफ्नो सजायप्रति प्रतिक्रिया दिँदै चोशकुनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप