शुक्रबार, २३ जेठ २०८२
ताजा लोकप्रिय

रास्वपाले संसदीय समितिबाटै माग्यो गृहमन्त्री लेखकको राजीनामा

बुधबार, २१ जेठ २०८२, १० : ३५
बुधबार, २१ जेठ २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय समितिबाटै गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ । बुधवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद चन्दा कार्कीले गृहमन्त्रीको राजीनामा माग गरेकी हुन् । 

उनले गृहमन्त्री लेखकको भिजिट भिसामा संलग्नता रहेको देखिएको भन्दै राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरिन् । छानबिनबाट निर्दोष भए त्यसपछि आएर पुनः मन्त्री हुन कसैले नछेक्ने उनको भनाइ छ । 

सांसद कार्कीले सरकारले आफ्नो काममा सुधार ल्याउनुपर्नेमा जोड दिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप